आठौं अन्तरगत पुरुषतर्फको ह्याण्डबल प्रतियोगिता शुरु, गण्डकीको बिजयी शुरुवात

पोखरा, ५ वैशाख । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत विहीबारबाट नेपालगञ्जको मुख्य रंगशालमा ‘१९ औं पुरुष राष्ट्रिय ह्याण्डबल प्रतियोगिता’ शुरु भएको छ ।

उद्घाटन खेलामा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ४०–१५ को फराकिलो गोल अन्तरले हरायो । उक्त खेलमा कर्णालीका पराजित टिमका तर्फ बाट कर्णालीका केशव बिष्टले सर्वाधिक ११ गोल गरे भने गण्डकीको तर्फबाट विशाल बस्नेतले ८ गोल गरे ।

विहीबार नै भएको पुरुषतर्फको दोस्रो ह्याण्डबल खेलमा विभागीय नेपाली सेनाको त्रिभुवन क्लबले क्षेत्र नं ५ लाई ४२–१७ गोलले जित हात पा¥यो ।

त्यसै गरी महिला तर्फ विहिबार दुई वटा खेल सम्पन्न भएकाछन् । पहिलो खेलमा नेपाली सेनाले प्रदेश नम्बर ३ लाई ३१–४ को फरालिको गोल अन्तरले पराजित गरेको छ । दोश्रो खेलमा प्रदेश नम्बर ५ प्रदेशले कर्णाली प्रदेशलाई १०–७ को गोल अन्तरले पराजित गरेको हो । नेपालगन्जको जिल्ला प्रशासन कार्यालयको परिसरमा शुक्रबार ५ खेल हुने भएको छ ।

पुरुष तर्फको ह्याण्डबलमा ९ टिमको सहभागिता छ । नेपाल प्रहरीको विभागीय टिमले यस संस्करणको प्रतियोगितामा सहभागिता जनाएको छैन ।

यस अघि प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमिल्सिनाले नेपालगञ्ज रंगशालामा उद्घाटन गरेका थिए । तिमिल्सिनाले मुख्य रेफ्री पदम विश्वकर्मालाई बल हस्तान्तरण गरी खेलको उद्घाटन गरे ।

प्रतियोगिताको उद्घाटन गर्दै राखेप उपाध्यक्ष तिमिल्सिनाले शिक्षा, स्वास्थ्य र खेलकुदका पूर्वाधारहरुलाई प्रदेशमा लैजान आग्रह गरे । यसअघि, समय समयमा सरकार परिवर्तन भएका कारण खेलकुद क्षेत्रमा सोंचे अनुसार विकास हुन नसकेको तिमिल्सिनाको भनाई थियो ।

‘राष्ट्रिय खेलकुद प्रतियोगिताका लागिपनि खेलाडी उत्पादन गर्ने यस अवसरमा खेलाडीहरुले राम्रो प्रदर्शन गर्न आवश्यक छ’ उनले भने–‘हाल स्थायी सरकार भएकाले परिषदले राष्ट्रिय स्तरमै खेलकुदको उपयोगिता र लगानी बढाएका छौं ।’

कार्यक्रमको अध्यक्षता नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close