गण्डकी प्रदेशका तेक्वान्दो खेलाडीको विदाई, गण्डकी बाट ६ जना निर्णायक

पोखरा, ४ बैशाख ।  आठौं राष्ट्रिय खेलुकद प्रतियोगिता अन्तर्गत ६ गतेदेखि भैरहवामा शुरु हुने तेक्वान्दो प्रतियोगितामा भाग लिने गण्डकी प्रदेशका खेलाडीहरुको आज पोखरामा एक समारोहका विच विदाई गरिएको छ ।

गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन गुरुङ्गले खेलाडीहरुलाई शुभ–कामनासहित विदाई गरेका छन । सो अवसरमा अध्यक्ष गुरुङ्गले तेक्वान्दो खेलका लागि गण्डकी प्रदेश उर्वर भूमिंको रुपमा परिचित भएकाले खेलाडीहरुले यस खेलबाट स्वर्ण पदक ल्याउन सफल हुने विश्वास व्यक्त गरे ।

प्रतियोगितामा गण्डकी प्रदेश अन्तर्गत गोरखा, तनहुँ, कास्की, पर्वत, बाग्लुङ्ग र म्याग्दीका २२ खेलाडीले सहभागिता जनाउने छन् ।

यस अघि म्याग्दीमा आयोजित प्रदेश स्तरिय प्रतियोगितामा उत्कृट प्रर्दशन गरेका खेलाडीहरु छनौट हुन सफल भएका हुन्. । टोली प्रशिक्षकमा बलराम लामा र परशुराम बोहरा रहेका छन् ।

आठौं अन्तरगत तेक्वान्दो खेल संचालनका लागि गण्डकी प्रदेशका ६ जना निर्णायक हरुलाई विदाई गरिएको छ । गण्डकी प्रदेश बाट निर्णायकको भूमिकामा सुनबहादुर लामा, कर्ण प्रधान, नन्दु विष्ट, राजन पौडेल, अरुण माझी र गंगाबहादुर श्रेष्ठ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close