ह्याण्डबलका राष्ट्रिय खेलाडी भूबनले दिए कर्णाली प्रदेशका ह्याण्डबल खेलाडीलाई खेल सामाग्री

पोखरा, ३० चैत । ह्याण्डबलका राष्ट्रिय खेलाडी भूवन शाही ठकुरीले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेश बाट सहभागी महिला तथा पुरुष ह्याण्डबल टिमलाई खेल सामाग्री उपलव्ध गराएका छन । राष्ट्रिय खेलकुद परिषदले प्रशिक्षणका लागि खेलाडीलाई आवश्यक खेल सामाग्री उपलव्ध नगराएपछि भूवनले आफैले यो प्रयास गरेका हुन ।

आफू समेत कर्णाली प्रदेश बाट पुरुष टिम बाट ह्याण्डबल खेलिरहेका ठकुरीले आफ्ना बुबा कुम्ब बहादुर शाही मार्फत करिब २० हजारको खेल सामाग्री उपलव्ध गराएका हुन ।

ह्याण्डबलका प्रशिक्षकलाई एक जोर ट्रयाक सुट सहित, महिला तथा पुरुष खेलाडीलाई बल, कोन, टिशर्ट, निक्याप लगाएतका सामाग्रीहरु प्रशिक्षण स्थल सुर्खेतमा उपलव्ध गराएका हुन ।

‘आठौं खेलकुद प्रतियोगितामा सहभागिता जनाउने खेलाडीलाई प्रशिक्षणका लागि आवश्यक सामाग्री नभए पछि हेरेर बस्नै सकिन’ भूबनले भने–‘मेरो यो सानो प्रयासले पक्कै पनि ह्याण्डबल खेलप्रती सबै खेलाडी साथीहरुलाई जागरुक गराउन सहयोग पुग्ने विश्वास लिएको छु ।’ भूबन पुरुष टिम बाट आफै पनि प्रतियोगितामा सहभागिता जनाउने छन ।

यूब उमेर बाटै पोखरामा रहेर ह्याण्डबल खेल्न सिकेका भूबनले उमेर समुह अन्तरगतको आइएचएफ ट्रफी लगाएत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ह्याण्डबल प्रतियोगितामा सहभागिता जनाइसकेका छन ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत बैशाख ६ गते बाट नेपालगञ्जमा ह्याण्डबल खेल सुरु हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close