आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ओलम्पिक टर्च बैशाख १ गते पोखरामा, पोखरा शहर परिक्रमा गराइने

पोखरा, ३० चैत । नयाँ वर्षको प्रारम्भ सङै आठौंं राष्ट्रिय खेलकुद प्रतियोगिताको ओलम्पिक टर्च बैशाख १ गते गण्डकी प्रदेशको राजधानी पोखरा आइपुग्ने भएको छ ।

राष्ट्रिय खेलकुद प्रतियोगिताको बैशाख ५ गते उद्घाटन अघि सात वटै प्रदेश परिक्रमा गराइने कार्यक्रम अनुसार ओलम्पिक टर्च प्रदेश १, २ र ३ मा परिक्रमा पश्चात पोखरा ल्याइन लागेको ओलम्पिक टर्च परिक्रमा कार्यक्रमको संयोजनको जिम्मेवारी पाएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठले बताए ।

आठौं प्रतियोगिताको ओलम्पिक टर्च लिएर यस अघि सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता स्थल बाट लिएर ४ जना ओलम्पियनहरु पोखरा आउन लागेका हुन । ओलम्पियन जित बहादुर केसी, डम्बर कुवर, मेनका रावत र बिमला राना मगर शनिबार नै पोखरा आइपुग्ने कार्यक्रम रहेको छ ।

ओलम्पिक टर्चलाई बैशाख १ गते आइतबार बिहान ८ बजे पोखरा रंगशाला बाट नयाँ वर्षको शुभकामना र्याली सहित पृथ्बीचोक, सभागृहचोक, न्यूरोड, चिप्लेढुङा, महेन्द्रपुल, नयाँबजार हुँदै पुनः रंगशालामा पुर्याएर समापन गरिनेछ ।

उक्त र्यालीमा खेलाडी लगाएत अन्य विशिष्ट महानुभावहरुको समेत उपस्थिती रहने पश्चिमाञ्चल क्षेत्रिय खेदकुद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठले जानकारी दिएका छन । ‘हामीले खेलाडी बिदाई र पत्रकार सम्मेलन गरि सम्पूर्ण जानकारी समेत सोही कार्यक्रममा दिने तयारी गरिरहेका छौं’ उनले भने । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्की जिल्लाका अध्यक्ष दिपक बहादुर गोदारले सम्पूर्ण खेलाडीलाई बिहान उक्त कार्यक्रममा उपस्थित हुन आग्रह गरिसकेको बताएका छन ।

पोखराको कार्यक्रम पछि ओलम्पिक टर्चलाई भोलीनै लुम्बिनी पुर्याईने कार्यक्रम रहेको छ । बैशाख २ गते प्रदेश नं ६ को सुर्खेत, बैशाख ३ गते प्रदेश नं ७ को धनगढी र बैशाख ४ गते नेपालगञ्ज पुर्याइने र बैशाख ५ गते ओलम्पियन दिपक विष्ट र संगिना बैद्य सहित १४ जना ओलम्पियनहरुले परिक्रमा सहित ओलम्पिक टर्चलाई प्रतियोगिता आयोजना स्थल मुख्य रंगशालामा पुर्याउने र प्रज्वलित गराउने कार्यक्रम तय गरिएको अध्यक्ष श्रेष्ठले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close