
केशब पाठक,
पोखरा, ३० चैत । आठौं खेलकुद प्रतियोगिता अन्तरगत पोखरामा सम्पन्न ट्राईयाथलनमा विभागिय क्लब नेपाल आर्मीको त्रिभुबन क्लब र शसस्त्र प्रहरीको एपिएफले सबै इभेन्ट तर्फ पदक जितेर बर्चश्व कायम गरेका छन ।
ट्राईयाथलन अन्तरगत स्प्रिन्टमा ७५० मिटर पौडी, साइक्लिङ २० किलोमिटर र ५ किलोमिटरको दौडमा पुरुष तर्फ त्रिुभबन आर्मी क्लबका दिपेश चौधरीले १ घन्टा ८ मिनेट ३८ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक हात पारेका छन । यसै गरि उक्त स्पर्धामा त्रिभुबन क्लबका बसन्त थारुले १ घन्टा ९ मिनेट ९ सेकेण्डमा दुरी पार गर्दै रजत पदक तथा एपिएफका नितेश मानन्धरले १ घन्टा १५ मिनेट ९ सेकेण्डमा दुरी पार गर्दै काश्य पदक हात पारे ।
यसै गरि ट्राईयाथलनको महिला तर्फ एपिएफ क्लबकी सोनी गुरुङले १ घन्टा २२ मिनेटमा दुरी पार गर्दै स्वर्ण पदक हात पारेकी छन । सोही स्पर्धामा त्रिभुबल आर्मी क्लबकी केशरी थापा मगरले १ घन्टा २९ मिनेट ३० सेकेण्डमा दुरी पार गर्दै रजत पदक तथा गण्डकी प्रदेशकी जमुना थापाले २ घन्टा ३० सेकेण्डमा दुरी पार गर्दै काश्य पदक हात पार्न सफल भइन ।

दुआथोलन स्प्रिन्टमा पुरुष तर्फ एपिएफ क्लबका लक्ष्मण मल्लले १ घन्टा १ मिनेट १५ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक हात पारेका छन । सोही प्रतियोगितामा नेपाल आर्मीका हिमाल टमाटाले उक्त दुरी १ घन्टा १ मिनेट ५८ सेकेण्डमा पार गर्दै रजत र एपिएफका किरण कुमार मल्लले १ घन्टा ४ मिनेट १६ सेकेण्डमा दुरी पार गर्दै काश्य पदक जितेका छन । उक्त स्प्रिन्टमा ५ कि.मि. दौड, २० किलोमिटर साइक्लिङ र पुनः २.५ किलोमिटरको दौड हुने गर्छ ।
यसै गरि दुआथलन महिला स्प्रिन्टमा एपिएफकी हुमी बुढामगरले १ घन्टा १६ मिनेट १७ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक हात पारेकी छन । यसै गरि नेपाल आर्मीकी निर्जला ताम्राकारले १ घन्टा १७ मिनेट ४७ सेकेण्डमा दुरी पार गर्दै रजत र एपिएफकी शकुन्तला बुढामगरले १ घन्टा २९ मिनेट ४६ सेकेण्डमा दुरी पारगर्दै काश्य पदक हात पारिन ।

दुआथलन महिला तर्फ स्वर्ण र काश्य पदक जित्ने हुमी र शकुन्तला दिदी बहिनी हुन । उनीहरु दुबै जना अल्ट्रा धावकको रुपमा आफूलाई स्थापित गरिसकेका छन । २० वर्षकी हुमी र १३ वर्षकी शकुन्तला अल्ट्राधावक दामोदर बुढामगरका छोरीहरु हुन । प्यूठान नौ बहिनी गाउँपालिका वडा नं १ का उनी हाल काठमाण्डौमा नै बस्छन । कक्षा १२ मा अध्ययनरत हुमी सन २०१८ हङकङमा सम्पन्न अल्ट्रा रेसकी बिजेता समेत हुन भने उनी अब दुई महिना पछि हुने ५० किलोमिटर अल्ट्रारेसमा सहभागिताका लागि जापान जाने तयारी समेत गर्दैछिन ।
यस अघि प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश मुख्यमन्त्रि पृथ्बी शुब्बा गुरुङले यस प्रकारका प्रतियोगिताहरुले खेलकुद मार्फत पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्ने बताए । बिजेता खेलाडीलाई गण्डकी प्रदेश सांसद, अर्थ तथा बिकास समितीका अध्यक्ष दिपक कोइराला, नेपाल ट्राईयाथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ, महासचिब यूवराज सुनुवार, कास्की जिल्ला ट्राइयाथलन संघका अध्यक्ष सुमन देबकोटा लगाएतले बिजेता खेलाडीलाई मेडल प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरेका थिए ।
प्रतियोगितामा विभिन्न जिल्ला र विभागिय क्लबहरुका गरि ५० जना खेलाडीको सहभागिता रहेको थियो ।
8Th National Games Tritholan, with Gandaki Province Chief Minister Prithibi Subba Gurung!!!!
Posted by PokharaSports.com on Saturday, April 13, 2019
