
चैत २८, पोखरा । स्याङजाली तमु समाज पोखरा–२६ लेखनाथले चैते दशैंको अवसरमा आयोजना गरेको चैते दशैं मेला एवम खुल्ला पुरुष भलिबल प्रतियोगिता बिहिबारबाट शुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा भिरचोक युवा क्लवले २–० को साझो सेटमा आयोजक समरजङ्ग युवा क्लव ‘ख’ लाई पराजित गरेको छ । यसै गरि दोश्रो खेलमा लामतारा युवा क्लव, रिट्ठेपानी र सात ताल चेतनशिल युवा क्लव घैंटेखोर विच भएको दोश्रो खेलमा लामतारा युवा क्लवले २–० को सोझो सेटमा चेतनशिल युवा क्लवलाई पराजित गर्यो ।
उक्त प्रतियोगिता तथा मेलकोे उद्घाटन स्याङजाली तमु समाजका अध्यक्ष मोहन प्रसाद गुरुङले गरेका थिए । उनले क्लवले गरेका सामाजीक कार्यहरुको प्रशंसा गर्दै विसंगती र विकृतिमुत्त समाज निमार्णमा अघि वढ्न आग्रह गरेका थिए ।
प्रतियोगिता अन्तरगत शुक्रवार पहिलो खेल आयोजक क्लव समर जुन ‘ए’ र भिरचोक युथ क्लव बिच हुने आयोजकले जनाएको छ । चैत्र ३० गतेसम्म हुने प्रतियोगिताको उपाधि विजेताले नगद ५० हजारको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उप–विजेताले नगद ३० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
