गण्डकी प्रदेशको समृद्धीका लागि खेलकुद बिकासलाई प्राथमिकतामा राख्ने

केशब पाठक,
पोखरा, २८ चैत । अन्तर्राष्ट्रिय खेलकुद दिवसमा गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रालयले बिहिबार पोखरामा आयोजित कार्यक्रममा गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष ड. गिरीधारी शर्माले प्रदेशको आगामी योजनामा खेलकुदलाई प्राथमिकताका साथ अगाडी बढाउने बताएका छन ।

संयूक्त राष्ट्र संघले हरेक वर्ष विश्वभर मनाउने अन्तर्राष्ट्रिय खेलकुद दिवशका अबसरमा भएको उक्त कार्यक्रममा ‘अन्तर्राष्ट्रिय बिकास, शान्ति र समृद्धि को लागि खेलकुद’ विषयक एक कार्यपत्र प्रस्तुत गर्दै उपाध्यक्ष शर्माले खेलकुद अब मैदानमा मनोरंजनको मात्रै साधन नभई विश्वलाई समृद्धीको मार्ग तर्फ अग्रसर गराउन समेत महत्वपूर्ण रहेको बताए ।

उपाध्यक्ष शर्माले शयूक्त राष्ट्र संघले सन २०१६ बाट सुरु गरेको दिगो बिकास लक्ष्यको कार्यान्वयनका लागि पनि खेलकुद अपरिहार्य रहेको बताउँदै भने–‘समाजमा दिगो शान्ति र समृद्धी हासिल गर्न पनि खेलकुदको विकासलाई गण्डकी प्रदेशमा अगाडी बढाउन आवश्यकता बढ्दै गएको छ ।’

खेलकुदमा अर्थतन्त्रको समेत महत्वपूर्ण योगदान रहेकोले विश्वमा करिब ७ करोड मानिसले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगार पाएको बताउँदै उपाध्यक्ष शर्माले गण्डकी प्रदेशमा उच्च उत्पादन र उत्पादकत्व बढाउनका साथै सभ्य र न्यायपुर्ण आधुनिक समाज निर्माणका लागि पनि खेलकुदको भूमीका रहने बताए ।

गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रि नर देबी पुनले सो अबसरमा स्वस्थ नागरिक बनाउन खेलकुद बिकासको अपरिहार्यता बढ्दै गएको बताउँदै सरकारले खेलकुद बिकासका लागि योजनावद्ध तरिकाले अगाडी बढेको बताइन ।

खेलकुदका माध्यम बाट विश्वभर शान्ति र बिकासका लागि भन्दै तत्कालिन संयूक्त राष्ट्र संघका महासचिब वान कि मुनले सन २०१३ बाट यसलाई अगाडी बढाएका थिए । पोखरामा सन २०१४ बाटनै विविध कार्यक्रमहरु भूतपूर्व खेलाडी मंच नेपालले यो दिवस मनाउँदै आएको छ । पोखरामा भने मंचले यस कार्यक्रमलाई समन्वयकारी भूमिका खेलेको थियो ।

सम्पन्न कार्यक्रममा भूतपूर्व खेलाडी मंच नेपालका अध्यक्ष तेज गुरुङले १८० देशमा करिब ३ हजार भन्दा धेरै कार्यक्रमहरु गरि यो दिवस मनाइएको जानकारी दिए ।

कार्यक्रममा गण्डकी प्रदेश सभाकी उपसभामुख सृजना शर्मा सहित एक दर्जन गण्डकी प्रदेश सांसद र अन्य महानुभावहरुको बाक्लो उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close