
पोखरा, २५ चैत । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशको टेबल टेनिस टिम सोमबार नेपालगञ्जका लागि प्रस्थान गरेको छ ।
टिमलाई विदाई गर्नु अघि बिजयी बन्न शुभकामना दिंदै पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठले खेलकुदको मर्यादामा रहेर अनुशासन पालना गर्न नसक्ने खेलाडी कहिल्यै पनि राष्ट्रिय खेलाडी हुन नसक्ने बताए ।
टेबल टेनिसमा गण्डकी प्रदेशले आफ्नो स्तरिय पर्दशनलाई जारी राख्दै ८ औं राष्ट्रिय खेलकुदमा पदक जित्न खेलाडीलाई आफ्नो सम्पूर्ण ध्यान खेल तर्फ दिन अध्यक्ष श्रेष्ठले आग्रह गरे ।
आठौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेश बाट टेबल टेनिसमा ५ महिला र ५ पुरुष गरि १० खेलाडीले सहभागिता जनाउने छन । जसमा महिला खेलाडीमा मुना थापा, पार्वती श्रेष्ठ, सुजाता पौडेल, प्रमिशा न्यौपाने र ज्योती गुरुङ रहेका छन ।
यसै गरि पुरुष तर्फ शंकर धिताल, सुजन कुवर, अनुश कुवर, समिर केसी र शुमेश लामा रहेका छन । टिमको प्रशिक्षकमा शुख शाक्य र सहायक प्रशिक्षकमा उत्तम जोशी रहेका छन । आठौं अन्र्तगत टेबल टेनिस खेल चैत ३० देखि ४ गते सम्म नेपालगञ्जमा संचलान हुनेछ ।
नेपालगञ्ज हिंडेको टोलीलाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका कार्यलय प्रमुख लक्ष्मण योगी, प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानी, कास्की जिल्ला खेलकुद बिकास समितीका कोषाध्यक्ष दिपक बहादुर गोदार लगाएतले शुभकामना सहित बिदाई गरेका थिए ।
