केएनपी महिला राष्ट्रिय भलिबललाई मुक्तिनाथ बैंकको साथ

पोखरा, २४ चैत । शेरवहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा संचालन हुने केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई मुक्तिनाथ विकास बैकले प्रायोजन गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्घयुमन पोखरेल र प्रतिष्ठानकी संरक्षक आमा गमली खड्काबीच सम्झौता–पत्र आदान–प्रदान भएको छ ।

सो अबसरमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले नेपालको राष्ट्रिय खेल भलिबलसँग जोडिदा संस्था गौरन्वित भएको धारणा ब्यक्त गरे । मुक्तिनाथ विकास बैंकले प्रथम पुरस्कार राशी नगद २ लाख उपाधि बिजेता टिमलाई हस्तान्तरण गर्ने तथा आवाश्यक होेडिङ्ग बोर्ड, तुल–ब्यानरकोे ब्यवस्थापन समेत मिलाउने सम्झौतामा उल्लेख छ ।

शेरवहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष रन्जन खड्काले नेपाली खेलकुदको बिकासमा कर्पोरेट सेक्टर महत्वपूर्ण भूमिका रहने धारणा ब्यक्त गरे ।

राष्ट्रिय खेलकुद परिषद्को बिशेष सहयोग तथा नेपाल भलिबल संघको प्राबिधिक सहयोगमा प्रतियोगितामा नेपालका चर्चित ६ टिमको सहभागिता रहने छ । लिगकम नकाउटका आधारमा संचालन हुने प्रतियोगिताका लागि साबिक बिजेता एपीएफ, उपबिजेता होङगाजी न्यु डायमण्ड, पुलिस, पश्चिमाञ्चल, आर्मी र जाउलाखेल भलिबल प्रशिक्षणको टिमले सहभागिता जनाउने छन् ।

जाउलाखखेल भलिबल प्रशिक्षण केन्द्रमा बैशाख १४ देखि १७ सम्म संचालन हुने प्रतियोगिताका बिजेताले २ लाख, उपबिजेताले १ लाख र तेश्रो हुनेले ५० हजार नगद प्राप्त गर्ने छन् । दरवारमार्ग स्थित द रिगल इंकले उपाधि बिजेता टिमका सदस्यलाई ४ लाख ५६ हजार बराबरको १६ जोर सुटपिस उपलब्ध गराउने छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र शेरवहादुर खड्का स्पेशल अवार्ड बिजेताले जनही १५/१५ हजार प्राप्त गर्ने छन् । बिद्यागत तर्फ वेष्ट स्पाईकर, वेष्ट सेटर,बेष्ट ब्लक, बेष्ट डिफेन्स,बेष्ट क्विकर, बेष्ट सर्भर र बेष्ट कोचले जनहि ७ हजार नगद प्राप्त गर्ने छन् । पाँचौ संस्करणमा प्रतियोगिताको प्रत्येक खेलको वमन अफ द म्याचले नगद ५ हजार प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close