विश्व टेबुल टेनिस दिवस मनाउन कास्कीमा पारा टेबुल टेनिस प्रतियोगिता

पोखरा, २३ चैत । विश्व टेबुल टेनिस दिवसलाई मध्ये नजर गर्दै कास्कीमा पारा तर्फ कास्की जिल्ला स्तरिय महिला तथा पुरुष टेबुल टेनिस प्रतियोगिता सम्पन्न गरिएको छ ।

कास्की जिल्ला टेबुल टेनिस संघको आयोजनामा सम्पन्न प्रतियोगितामा पारा स्टाण्डिङ टेबुल टेनिस तर्फ अनुप गुरुङ प्रथम, विशाल गर्वुजा द्वितिय र अन्जना गुरुङ तेश्रो भइन ।

यसै गरि महिला ह्विल चियर टेबुल टेनिसमा अन्जु बराल, पुनम बिक र लक्ष्मी विश्वकर्मा क्रमश प्रथम, द्वितिय र तृतिय भएका छन ।

पुरुष ह्विल चियर टेबुल टेनिसमा भरतराज अधिकारी, शुरेस गौली र धु्रब नेपाली क्रमश प्रथम, द्वितिय र तृतिय भए ।
प्रतियोगितामा ह्विल चियर तर्फ पुनम बिक र स्टाण्डिङ तर्फ अनुप गुरुङ उत्कृष्ट खेलाडी घोषित भएका छन ।

विजेता खेलाडीलाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठले मेडल र प्रमाणपत्र वितरण गरेका थिए । सो अबसरमा अध्यक्ष श्रेष्ठले पारा खेलकुदलाई कास्की जिल्लामा मात्रै सिमित नगरी प्रदेश स्तरिय गर्न अनुरोध गर्दै त्यसका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कास्की जिल्ला टेबुल टेनिस संघका अध्यक्ष उत्तम जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कास्कीमा भने यो दोश्रो पटक पारा टेनिस प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा महिला र पुरुष खेलाडी गरि १८ जनाको सहभागिता रहेको थियो ।

Sampanna shrestha speech in world TT Day

Sampanna shrestha chairman WRSDC

Posted by PokharaSports.com on Saturday, April 6, 2019

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close