यू–१९ छनौटका लागि मलेसिया हिडेको क्रिकेट टिमलाई राखेपले गर्यो विदाई

पोखरा, २३ चैत । चैतको अन्तिम साता बाट शुरु हुने आईसिसी यू–१९ विश्वकप एशिया क्रिकेट छनौटका लागि जाने टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) ले विदाई गरेको छ ।

राखेपका सदस्य सचिब विष्ट र नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक जगत टमटाले शंयूक्त रुपमा राष्ट्रिय झण्डा प्रशिक्षक विनोद दास र कप्तान रोहित कुमार पौडेललाई हस्तान्तरण गर्दै विदाई गरेका हुन ।

मलेसिया छनौटका लागि जाने टोलीमा १४ खेलाडी र ३ अफिसियल सहित १७ जना रहेका छन् । नेपाली टोली शनिबार दिउसो त्यस तर्फ प्रस्थान गरिसकेको छ । अप्रिल १२ देखी १८ सम्म मलेसियामा हुने प्रतियोगितामा ६ देशको सहभागिता रहको छ ।

प्रतियोगितामा शीर्षस्थानमा रहने देशले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने यू–१९ एक दिवशिय विश्वकप खेल्न पाउनेछ । नेपालले १२ अप्रिलमा सिंगापुरसँग पहिलो खेलमा भिड्ने छ । यसै गरि दोस्रो खेल १३ अप्रिलमा यूएई संग, १५ अप्रिलमा मलेसिया संग, १६ अप्रिलमा ओमान र १८ अप्रिलमा कुवेतसँग खेल्ने छ ।

विश्वकप छनोटका लागि हिँडेको टोलीमा रोहित कुमार पौडेल (कप्तान), आशिफ शेख, पवन सरार्फ, भिम सार्की, सन्दीप जोरा, सागर ढकाल, रित गौतम, कमल सिंह ऐरी, राशिद खान, सूर्य तामाङ, अभिषेक बस्नेत, कुशल मल्ल, हरि बहादुर चौहान र प्रतिस जिसी रहेका छन । यसै गरि टिम अफिसियलमा बिनोद दास (प्रमुख प्रशिक्षक), रमन शिवाकोटी (टेक्नीकल म्यानेजर) र बिक्रम न्यौपाने (फिजियो) रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close