विदामा किन घर बस्ने ? सिक्न जाने होइन त मोआथाई खेल पोखरा रंगशालामा !

केशब पाठक,
पोखरा, १८ चैत । शैक्षिक शत्र भर्खरै सकिएको छ । एसईई परिक्षा पनि सकियो । अब घरमा त्यतिकै समय खेर फाल्नु भन्दा खेलमा अघि बढ्नु उत्तम उपाय पनि हो । परिक्षा दिएर घरमा बस्ने विद्यार्थीहरुलाई मोआथाई संघ कास्कीले अबसर जुटाएको छ ।

मार्शल आर्टको एक प्रमुख आर्कषक खेल मोआथाई सन २०२४ मा फ्रान्समा हुने ओलम्पिकमा नेपालको पनि सहभागिता रहनेछ । ‘त्यसका लागि यो ठूलो अबसर हो’ मोआथाईका मुख्य प्रशिक्षक दिपक बहादुर गोदार भन्छन–‘अहिले हामी एक महिने निशुल्क प्रशिक्षण दिएर खेलाडी उत्पादन तर्फ अग्रसर हुँदै छौं ।’

वि.सं २०६२ सालमा नेपाल भित्रिएको मोआथाई अहिले १६ भन्दा वढी जिल्लामा क्रियाशिल छ । राष्ट्रिय खेलकुद परिषदमा दर्ता रहेको मोआथाई खेल थाइल्याण्ड बाट शुरुवात भएको हो । ’मोआथाई मार्शल आर्टको खेल मात्रै होइन यो आत्म शुरक्षाका लागि उत्तिकै महत्वपूर्ण पनि छ,’ मुख्य प्रशिक्षक गोदार भन्छन–‘यो खेल शुरक्षित, शरिर स्वस्थ्य र मजवुत बनाउन पनि उत्तिकै सहयोगी छ ।’

कास्कीमा २०६६ सालमा मोआथाई खेल शुरु भएको हो । अहिले पोखरा रंगशालामा नवनिर्मित बहुउद्धेश्यिय कभर्डहलमा आफ्नै प्रशिक्षण गर्ने हल समेत छ । ‘अहिले सिक्न आउने नयाँ भाई बैनीहरुलाई हामी त्यही सुविधा सम्पन्न प्रशिक्षण हलमा प्रशिक्षण दिने छौं’ प्रशिक्षक गोदारले भने । पोखरामा रहेका ६ जना प्रशिक्षकहरुले उनीहरुलाई प्रशिक्षण दिनेछन ।

अहिले सम्म करिब १५ जना नयाँ खेलाडीहरु प्रशिक्षणका लागि आएका छन । मुख्य प्रशिक्षक गोदारले १८ वटा विद्यालयहरुलाई पत्राचार गरिसकेको जानकारी दिंदै प्रशिक्षणका लागि पत्र नपुगेकाहरुलाई पनि आउन आग्रह गरेका छन । प्रशिशक्षक गोदारले भने–‘हामी प्रशिक्षकको मुख्य कामनै खेलाडी उत्पादन गर्नु हो’ उनले भने–‘एउटा राम्रो खेलाडीले राष्ट्रको गरिमा माथी उठाउन महत्वपूर्ण भूमिका खेल्छ ।’

अहिले सम्म मोआथाइृ खेलले अन्तर्राष्ट्रिय ऐरिनामा सहभागिता जनाएका खेलाडीहरु रित्तो हात फर्कनु परेको छैन । नेपालले सन २०१७ मा कोरियामा सम्पन्न १६ वर्षको मुनिको खेलमा रजत पदक हात पारेको छ भने सन २०१९ मा मकाउमा सम्पन्न ओपन तर्फ काश्य पदक हात पारेको छ ।

शैक्षिक शत्र सकिएर घरमा नै समय व्यतित गर्नु भन्दा नेपालका लागि आगामी दिनमा अन्तर्राष्ट्रिय ऐरिनामा नेपालको लागि पदकको सम्भावना बोकेको खेल मोआथाई सिकाउन आफ्ना छोरा–छोरीलाई पोखरा रंगशाला पठाउन मुख्य प्रशिक्षक गोदारले आह्वान गरेका छन ।

Posted by PokharaSports.com on Monday, April 1, 2019

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close