
केशब पाठक,
पोखरा, १६ चैत ।
शनिबारको दिन, यसै पनि प्रदेश मन्त्रिहरुका लागि विभिन्न कार्यक्रममा सम्वोधनका लागि जाने चटारो । गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रि मन्त्रि किरण गुरुङ व्यस्त मन्त्रि मध्येका एक । उनको फोनमा एकनासले फोनको घन्टी बजिरहैकै थियो । तर उनी क्रिकेट खेलेर धोको फेर्न चाहन्थे ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले खेल पर्यटन मार्फत वर्ष २०१९ को आन्तरिक पर्यटन पर्वद्धन गर्ने उद्धेश्यले पोखरा रंगशालामा नेपाल खेलकुद पत्रकार मंच गण्डकी प्रदेश संग एक मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको आयोजना गरेको थियो । बिहान ८ बजे भनिए पनि पोखराको मौसमले साथ दिएन पानी पर्यो । खेल ११ बजे शुरु भयो ।

मन्त्रि गुरुङ क्रिकेट खेल्ने सुर कसेर रंगशाला आएका थिए । समय कटाउन र खेल शुरु हुन पर्खिन पनि धेरै बेर पत्रकारहरु संग क्रिकेटका बारेमा भलाकुसारी गरे । पोखरा रंगशालाको क्रिकेट मैदान अबलोकन गरे । सबै जानकारीहरु जुटाए । पर्यटन वर्ष अंकित टिशर्ट लगाएर मैदान प्रवेश गरे । क्रिकेट कसरी खेलिन्छ भन्ने बारेमा समेत व्याटिङ र बलिङ गरे । उनले एक खेलाडीमा हुन पर्ने सबै कुरा मैदानमा प्रस्तुत गरे ।
उनल खेल शुरु हुनु अघि मन्तब्य दिए । छोटो मन्तब्यमा उनले खेलकुदले कसरी पर्यटकलाई आर्कषण गर्न सकिन्छ र किन प्रदेश सरकारले खेलकुदलाई प्राथमिकतामा राखेको छ भन्ने बताए । उनले अबको पर्यटनको बिकास खेलकुद बाटै सम्भव भएको उजागर गरे । मन्त्रि गुरुङले प्रदेश सरकारले चाँडै क्रिकेट रंगशाला निर्माण गरि छाड्ने प्रतिवद्धता व्यक्त गरे ।
पर्यटन बोर्डका तर्फ बाट ओपनिङ गरेका मन्त्रि गुरुङले ११ बलको सामना गरे । २ रन बनाए । सायदको उनको जिवनमा क्रिकेट खेल बाट बनाएको यो नै पहिलो रन थियो । उनी क्याच आउट भएर फर्किदा छुट्टै खुसीको अनुभुती देख्न सकिन्थ्यो ।
मन्त्रि गुरुङको यो सहभागिता क्रिकेट खेललाई मात्रै नभएर खेलकुद पर्यटनको महत्वका बारेमा पनि नजिक बाट अुनभब गराउन सहयोग मिलेको पर्यटन बोर्डका प्रवन्धक सूर्य थपलिया बताउँछन । उनले भने–‘मन्त्रिज्यूले मैदानमा आएर खेल्नु मात्रै भएको छैन सबै खेलप्रेमीलाइृ सुखद सन्देश दिएर जानुभएको छ’ उनले थपे–‘पक्कै पनि गण्डकी प्रदेशमा खेलकुद पर्यटन मार्फत पर्यटनको प्रवद्र्धन गर्न सरकार प्रतिवद्ध रहेको अनुभव गरे ।’

२१ औं शताव्दीको पर्यटनको कुरा गर्दा खेल पर्यटन नै प्रमुख आधार बन्न सक्नेमा थपलिया विश्वस्त छन । उनले गण्डकी प्रदेश नेपालकै खेल पर्यटनको प्रमुख गन्तब्य बन्न सक्ने तर्फ अगाडी बढेको उनी बताउँछन । मुस्ताङको परम्परागत घोडा दौड देखि लिएर थकालीहरुको तारो हान्ने र अहिलेका २१ औं शताव्दीका शाहसिक खेलकुद प्याराग्लाइडिङ, बन्जीजम्पको गन्तब्य गण्डकी प्रदेश उन्मुख रहेको उनको भनाई छ ।
उत्तरको हिमाली क्षेत्र, पहाडी र तराईलाई समेटेको गण्डकी प्रदेश विभिन्न मौसममा विभिन्न खेलकुदका आयोजना स्थलमा हुने गतिविधीलाई समेट्दै प्रचार–प्रशार गर्न सके विश्व खेलकुद पर्यटनको गन्तव्य बन्नेमा प्रवन्धक थपालिया ढुक्क छन ।
Posted by PokharaSports.com on Saturday, March 30, 2019
