पोखरामा गोर्खा भूपू सैनिक बास्केटबल शुरु

पोखरा, १५ चैत । चौथो गोर्खा भूतपूर्व सैनिक गोल्ड कप रनिङ शिल्ड बास्केटबल प्रतियोगिता पोखरामा शुक्रबारदेखि शुरु भएको छ । गण्डकी प्रदेश भूतपूर्व सेनिक खेलाडी संघ, पोखराको आयोजनामा शुरु भएको प्रतियोगिता २४ टिमको सहभागिता छ ।

पीपीओ पोखरा रामबजारका सीओ कर्णेल प्रतिक शर्माले प्रतियोगिताको उद्घाटन गरेका हुन् । कर्णेल शर्माले मुख्य रेफ्री विजय मल्ललाई बल हस्तान्तरण गरेर खेलको उद्घाटन गरेका हुन् ।

पोखरा रंगशालामा भएको बास्केटबल कोर्टमा भएको उद्घाटन खेलमा सेकेण्ड थर्ड गोर्खा राइफल्सले थर्ड फाइभ गोर्खा राइफल्समाथि ४२–३१ को जित निकाल्यो । शुक्रबार उद्घाटनसहित प्रतियोगिताको ६ खेल सम्पन्न भएको छ ।

प्रतियोगिताको अन्य खेलहरुमा फस्र्ट फाइभ गोर्खा राइफल्सले फस्र्ट फोर राइफल्सलाई ६२–२८, थर्ड फोर राइफल्सले फोर्थ फाइभ राइफल्सलाई ५२–३१, फस्र्ट फाइभले थर्ड थ्री राइफल्समाथि ७७–२९, फोर्थ फस्र्टले फाइभ एट राइफल्समाथि ३९–२६ ले हरायो ।

कार्यक्रममा बोल्दै कर्णेल शर्माले गोर्खा सैनिकले भारतीय राष्ट्रिय सुरक्षामा ठूलो योगदान पु¥याएको चर्चा गरे । सेवा निवृत्तपछि पनि खेलकुदको माध्यमद्धारा भारतीय गोर्खा सैनिकहरुले शारिरीक तन्दुरुस्तीमा जोड दिएको बताए । खेलकुदले शरीर र टिम स्पिरिटलाई कायम राख्ने उनको भनाई थियो । कर्णेल शर्माले भारतीय गोर्खा सैनिकहरुको सांगठनिक गतिविधिलाई भारत सरकारले समेत सहयोग र समर्थन गर्ने बताए ।

गण्डकी प्रदेश भूतपूर्व सैनिक खेलाडी संघका अध्यक्ष क्या। प्रेमप्रसाद गुरुङको अध्यक्षतामा भएको थियो । शनिबार आठ वटा खेल हुने संघका अध्यक्ष क्या। प्रेमप्रसाद गुरुङले जानकारी दिए । गुरुङका अनुसार प्रतियोगिता चैतको २१ गतेसम्म हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close