
पोखरा, १४ चैत । नेपालका अलराउन्ड मेहबुब आलम कर्मयोगी लखनराम अग्रहरि सेवा सम्मानबाट सम्मानित हुने भएका छन् ।
महबूब सन् २००८ मा आइसीसी विश्व क्रिकट लिग डिभिजन फाइभमा मोजाम्बिक विरुद्धको खेलमा सबै दस विकेट लिएर विश्व कीर्तिमान बनाउने क्रिकेटर हुन । नेपाल खेलकुद पत्रकार मञ्चका संस्थापक अध्यक्ष सीताराम अग्रहरीले आफ्नो बुबा लखनराम अग्रहरीको स्मृतिमा लखनराम अग्रहरी र आमा गणपति दवीको स्मृतिमा गणपतिदेवी सेवा सम्मान पुरस्कार स्थापित गरेका हुन । ।
गणपति देवी सेवा सम्मान वरिष्ठ संगीत साधक गुरुदेव कामतलाई प्रदान गरिनेछ । दुवै सम्मानको पुरस्कार राशि दस हजार दस रुपियाँ रहेको छ । सो सम्मान वैशाख ७ गते सुनसरीको दुहबीमा प्रदान गरिनेछ ।
फायल तस्बिरः चन्द्र गुरुङ (जिम्मी)
