नेपालको भारोत्तोलन खेललाई सहयोग गरेकोमा अध्यक्ष श्रेष्ठ द्वारा आभार व्यक्त

पोखरा, १२ चैत । भारोत्तोलनखेललाई नेपालमा बिकास र विस्तारका लागि अन्तर्राष्ट्रिय भारोत्तोलन महसंघले गरेको निरन्तर सहयोगका लागि नेपाल ओलोम्पिक कमिटीका अध्यक्ष जिवन राम श्रेष्ठले आभार व्यक्त गरेका छन ।

दक्षिण एशियाली ओलोम्पिक काउन्सिलका अध्यक्ष एवम प्रतिनिधीसभा सांसद श्रेष्ठले अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघका महासचिब महमद जालुद संगको भेटमा उक्त कुरा बताएका हुन । जालुद एसियन भारोत्तोलन महासंघका प्रथम उपाध्यक्ष समेत रहेका छन ।


मंगलबार सम्पन्न महासचिब जालुद संगको भेटमा अध्यक्ष श्रेष्ठले नेपालको भारोत्तोलन खेलका लागि महसंघको निरन्तर सहयोगको योगदानको चर्चा गर्दै नेपाल ओलोम्पिक पनि यो खेलको बिकास र विस्तारका प्रतिवद्ध रहेको बताए ।

सो अबसरमा नेपाल भारोत्तोलन संघका अध्यक्ष रत्न टण्डन लगाएतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close