बिरेठाटी भलिवलको उपाधि मोदी-१ भुकलाई

पोखरा १० चैत । अन्नपूर्ण गाउँपालिका ८ स्थित वीरेठाँटी युवा परिवारको आयोजनामा भएको फागु पूर्णिमा मेला शनिवार सकिएको छ ।

मेलाको मुख्य आकर्षणका रुपमा रहेको अन्तर गाउँपालिका वडा स्तरीय पुरुष भलिवल प्रतियोगिताको उपाधि मोदी गाउँपालिका–१, भुकको टोलीले जितेको छ । उपाधि जिते सँगै उसले नगद रु. १ लाख १ हजार एक सय ११ साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपबिजेता बनेको मोदी गाउँपालिका–५, बाजुङको टोलीले रु. ५० हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

प्रतियोगितामा कुमार परियार बेस्ट लिप्टर, भुकका अनिल थापा बेस्ट ब्लकर, मोदीका खेम केसी बेस्ट स्पाइकर तथा भुकका सञ्जिव परियार बेस्ट प्लेयर घोषित भएका छन् ।

समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी मेलाका मुख्य प्रायोजक चिनबहादुर प्यारी प्रतिष्ठानका अध्यक्ष पूर्ण कोले गुरुङले ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ मेला गरिएकोमा खुसी व्यक्त गर्दै मेलाको ऐतिहासिक पक्षका बारेमा चर्चा गरेका थिए ।

विशेष अतिथी नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष तथा क्लवका वरिष्ठ सल्लाहकार देवेन्द्रकुमार शेरचनले परापूर्व कालदेखि वीरेठाँटीमा मेला लाग्दै आएको चर्चा गर्दै वीरेठाँटीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा चिनाउने उद्देश्यका साथ मेला गरिदै आएको स्पष्ट पारे ।
श्रीभद्र पौडेल बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close