
पोखरा, १० चैत ।
सहारा क्लब पोखरा द्वारा पोखरा १७ स्थित दोबिल्लामा रहेको सहारा एकेडेमीमा आश्रित १० जना बालकहरु २०७५ सालको एसइईको परिक्षामा सहभागी भएका छन ।
एकेडेमीमा आश्रित २८ जना मध्ये १० जना परिक्षमा सहभागी भएका हुन । परिक्षमा सहभागी भएका हरुमा शिसिर क्षेत्री, कुशल बुढा मगर, प्रविश गुरुङ, कमल सुमाई मगर, सन्दिप क्षेत्री, शेखर भेटाल, निरज बिक, सुष्मान दुरा, निश्चल भण्डारी र सन्देश गुरुङ रहेका छन ।

उनीहरु सबे पोखरा ३३ स्थित शिसु कल्याण माबीमा अध्ययनरत छन । उनीहरुको केन्द्र भण्डारढिक स्थित जन प्रकाश उच्च माबी रहेको सहारा क्लबका पूर्व अध्यक्ष बिक्रम थकालीले बताए ।
उनीहरुले आज पहिलो दिन अंग्रेजी विषयको परिक्षामा सहभागी भएका छन । आज देखि सुरु भएको एसई परिक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका मध्ये गण्डकी प्रदेशबाट ४८ हजार ६३ सहभागी रहेका छन । देशभर बाट दुई लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा छन् ।
