सुर्य तारा भलिबलको तयारी तिब्र, ब्यबसायी न्यौपानेले गरे एक केजीकोे चाँदीको शिल्ड प्रायोजन

पोखरा ८ चैत ।
सुर्य तारा (पोखरा) पोखरा २७ तालचोकको आयोजनामा हुने सुर्य तारा रनिङ्गशिल्ड पुरुष भलिबल प्रतियोगिताको तयारी तिब्र पारिएको छ ।

प्रतियोगितामा विजेतालाई प्रदान गरिने एक केजी चाँदीको शिल्ड ब्यबसायी शिवप्रसाद न्यौपानेले प्रायोजन गर्ने भएका छन् । शिशुवा शिव रियलस्टेट प्रालिका प्रोपाईटर न्यौपोनले एक केजी चाँदीको शिल्ड प्रायोजन गर्ने भएको क्लबका अध्यक्ष विष्णु पुनले जानकारी दिएका छन ।

“समृद्ध समाज, हाम्रो परिकल्पना” भन्ने नारा सहित स्थापना भएको क्लबले नेपाली नयाँ वर्ष २०७६ को अवसरमा चैत २८ देखि बैशाख १ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको अध्यक्ष पुनले जानकारी दिए । प्रतियोगिता अन्नपूर्ण गाँउपालिकाको माछापुच्छ्रे मा.वि.को खेल मैदान ढिकुरपोखरीमा सञ्चालन हुने छ ।

प्रतियोगिताको विजेताले रनिङ्ग शिल्ड सहित नगद १ लाख १ सय ११ प्राप्त गर्नेछ । उपविजेताले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद १० हजार, मेडल र प्रमाणपत्र र अनुशासित टिमलाई नगद पाँच हजार, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजकलाई ३ लाख, सह प्रायोजकलाई २ लाख र प्रायोजकका लागि १ लाख रुपैयाँ तोकिएको छ ।

प्रतियोगितामा सहभागी टिमले दुई जना क्षेत्रिय वा राष्ट्रिय खेलाडी समावेश गर्नसक्ने प्रतियोगिता संयोजक शिवप्रसाद अधिकारीले बताए । प्रतियोगितामा सहभागी हुन चैत २५ गतेसम्म टिम दर्ता गर्न सकिने आयोजकले जनाएको छ । टिम दर्ताका लागि पाँच हजार रुपैयाँ शुल्क लाग्ने छ ।

प्रतियोगितामा सहभागी खेलाडीको लागि १ लाख रुपैयाँ सम्मको दुर्घटना विमा गरिएको र अन्य उपचार गर्नुपर्ने भएमा सम्वन्धित टिमले व्यवस्था गर्नुपर्ने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिव ११ लाख ४५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजक सुर्य तारा क्लबले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close