चैतको दोश्रो साता बाट दोश्रो सैनामैना मेयरकप नकआउट फुटवल हुने

पोखरा, ६ चैत ।
जनप्रिय स्पोर्टिङ युवा क्लव, सैनामैना-७, रुपन्देहीको आयोजना दोश्रो सैनामैना मेयरकप नकआउट फुटवल प्रतियोगिता- २०७५ चैतको दोश्रो साता बाट हुने भएको छ ।

जनप्रिय स्पोर्टिङ युवा क्लव, सैनामैना-७, रुपन्देहीको आयोजनामा यस भन्दा अघि स्वर्गिय लाल बहादुर मिधुन स्मृति कप र सैनामैना गोल्ड कपको रुपमा प्रतियोगिता आयोजना हुदै आएको फुटवल प्रतियोगिता सैनामैना नगरपालिकाले संरक्षकत्व ग्रहण गरे पछि गत बर्ष देखि मेयर कपको रुपमा संचालन हुदै आएको क्लबका अध्यक्ष किशोर रानाले जानकारी दिएका छन ।

क्लब द्वारा आयोजित पत्रकार सम्मेलनमा यही चैत्र ९ गते देखि २० गते सम्म संचालन हुने प्रतियोगितामा यो संस्करण बिगतका संस्करण भन्दा ब्यबस्थित र फरक हुनुको साथै प्रतियोगिताको हरेक चरणमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुको समेत सहभागिता रहने कुरा अध्यक्ष रानाले बताएका छन । प्रतियोगितामा आयोजक टिम सहित देशभरका १६ फुटवल क्लवहरुले प्रतिस्पर्धा गर्नेछन ।

सो प्रतियोगितामा बिजेता टिमले नगद १ लाख ७७ हजार ७ सय सतहत्तर रुपैया र उपबिजेताले ८८ हजार ८ सय ८८ रुपैया प्राप्त गर्ने अध्यक्ष रानाले बताए । यसैगरी प्रतियोगिताको सेमिफाइनल सम्म पुग्ने थप दुई टिमले पनि जनही नगद २० हजार प्राप्त गर्ने र रुपन्देही जिल्ला बाहिरबाट प्रतियोगितामा सहभागि हुने टिमलाई यातायात खर्च समेत आयोजकले उपलब्ध गराउने आयोजकले जनाएको छ ।

प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने एक जना खेलाडीले २० हजार बराबरको माउण्टेन बाइक साइकल प्राप्त गर्ने सर्वाधिक गोल कर्ता, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट मिड फिडफिल्डर, र उत्कृष्ट प्रशिक्षकहरुले जनही ५/५ हजार पाउने छन भने प्रत्येक खेलको उत्कृष्ट खेलाडीले जनही २/२ हजार पाउने छन ।

प्रतियोगिता समपन्न गर्न करिब १० लाख खर्च हुने अनुमानन गरिएको छ भने प्रतियोगिताको लागि सैनामैना नगरपालिकाले ४ लाख उपलब्ध गराउने छ ।

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close