
केशब पाठक,
पोखरा, ३ चैत्र । गण्डकी प्रदेशको खेलकुदलाई व्यवस्थित बनाउन गण्डकी प्रदेश मुख्यमन्त्रि कार्यालयले खेलकुद कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा जग्गा पहिचान र प्राप्तीका लागि काम अघि बढाउने भएको छ ।
गण्डकी प्रदेशका मुख्य मन्त्रि पृथ्बी शुब्बा गुरुङ, सामाजिक बिकास मन्त्री नर देबी पुन, गण्डकी प्रदेश निती तथा योजना आयोगका उपाध्यक्ष डा.गिरधारी शर्मा, मुख्य मन्त्रिका राजनितिक सल्लाहकार गोबिन्द नेपाली, मुख्यमन्त्रि कार्यालयका प्रमुख सचिब लक्ष्मीराम पौडेल र खेलकुद कार्यदलको समेतको बैठकले खेलकुदका पूर्वाद्धार निर्माण प्रक्रिया अघि बढाउन चासो दिएको हो ।
उक्त कार्य सम्पन्न गर्न र कार्यदलको प्रतिवेदनका आधारमा भनिएका जग्गाहरुको पहिचान र प्राप्तीका लागि आइतबार मुख्य मन्त्रि कार्यालयमा सम्पन्न बैठकले दई वटा कार्यदल बनाएर अघि बढ्ने भएको छ । सामाजिक बिकास मन्त्रालय द्वारा गठित कार्यलदलले करिब ३ महिना अघि आफ्नो प्रतिवेदन बुझाए पनि काम अघि बढ्न सकेको थिएन ।
मुख्य मन्त्रि कार्यालयका उपसचिब पुरन गिरी र सामाजिक बिकास मन्त्रालयका उपसचिब नारायण आचार्यको संयोजकत्वमा दुई वटा छुट्टा–छुट्टै कार्यदल बनेको छ । उक्त कार्यदललाई बैठकमा १५ दिनमा काम सक्न मुख्य मन्त्रि गुरुङले निर्देशन दिएका छन ।
मुख्य मन्त्रि कार्यालयका सहसचिबको गिरी कार्यदलमा सामाजिक बिकास मन्त्रालयका तेज प्रसाद काफ्ले सदस्य सचिब रहने गरि, नापी तथा मालपोत कार्यालयका प्रतिनिधी, भौतिक पूर्वाद्धार मन्त्रालयका प्रतिनिधी र सम्बन्धित वडाको वडा अध्यक्ष लगाएत रहेका छन ।
यसै गरि गण्डकी प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको स्पोर्ट्स एकेडेमी र बहुउपयोगी अन्तर्राष्ट्रिय स्टेडियम निर्माणको पहल अगाडी बढाउन सामाजिक बिकास मन्त्रालयका उपसचिब नारायण आचार्यको संयोजकत्वमा तेज प्रसाद काफ्लेको सदस्य सचिब रहने गरि एक छुट्टै कार्यदल बनेको छ । जसको सदस्यमा मुख्य मन्त्रि कार्यालयका उप सचिब प्रेम श्रेष्ठ, कार्यदलका सदस्य तेज गुरुङ र बिक्रम थकाली, नापी तथा मालपोत कार्यालयका प्रतिनिधी, भौतिक पूर्वाद्धार मन्त्रालयका प्रतिनिधी तथा सम्बन्धित वडाको वडा अध्यक्ष लगाएत रहेका छन ।
उक्त कार्यदलले गल्फका लागि पोखरा महानगर पालिकाको वडा नं १५ मा फुलबारी रिर्सोट संग जोडिएको जग्गा र वडा नं १६ को दिप हाउजिङको तल्लो जग्गा तथा गल्फ स्कुलका लागि वडा नं १७ मुस्ताङचोकको जग्गा, क्रिकेट स्टेडियमका लागि पोखरा ३३ स्थित पशुपतीघाटको जग्गा, अन्तर्राष्ट्रिय स्तरको बहुउपयोगी खेलकुद रंगशालाको लागि वडा नं १४ वा १५ को जग्गा र हाईअल्टिच्यूड् खेलकुद रंगशालाको लागि मुस्ताङको नुप्साङखर्क जग्गा सिफारिस गरेको थियो ।
बैठक पछि कुरा गर्दै सामाजिक बिकास मन्त्रि नरदेबी पुनले सबै स्थानको अब १५ दिनको अध्ययन सकेर जग्गा प्राप्तीका लागि प्रक्रिया अघि वढने बताइन । “हामी ढिलो गर्ने पक्षमा छैनौ खेलकुदको पूर्वाद्धारको काम अघि बढने छ” उनले भनिन ।
यसै गरि कार्यदलका सदस्य तेज गुरुङले अब प्रदेशको खेलकुद पूर्वाद्धार निर्माण प्रक्रिया अघि बढ्ने बताए । उनले भने–“मुख्य मन्त्रि यि सबै काम समयमा सम्पन्न गर्न निकै उत्साहित भएको देखेको छु अब प्रदेश को खेलकुद पूर्वाद्धार निर्माणले गति लिनेछ ।” उक्त बैठकमा कास्की जिल्ला गल्फ संघका अध्यक्ष मेजर लक्ष्मी प्रसाद गुरुङले गल्फ खेल सम्बन्धि एक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
