
पोखरा, २ चैत्र । नेपालआर्मीका चार खेलाडी बिमला श्रेष्ठ, पुनम रावल,आशिष दवाडी र सुशिल थापा बैंककमा हुने एएसबिसीइ लाईट महिला तथा पुरुष बक्सिङ प्रतियोगितामा सहभागिता जनाउने पक्का भएका छन् ।
शनिवार भएको महिलातर्फको ५१ केजीतौल समूहमा आर्मीकी बिमला श्रेष्ठले एपीएफकी माला राइलाई ४–१ ले अंकका आधारमा पराजित गरिन् । महिला ६० केजी तौल समूहमा आर्मीकी पुनम रावलले एपीएफकी संगिता सुनारलाई ४–१ ले अंकका आधारमा हराउदै छनोट भईन् ।
राष्ट्रिय खेलकुद परिषद्को सेमिकभर्डहलमा सम्पन्न ९१ केजी माथीको तौल समूहमा आर्मीकै आशिष दवाडीले गण्डकी प्रदेशका कुशल रानालाई ३५ सेकेन्डमै नकाउट पन्च हान्दै छनोट भए । शुक्रवार ४९ केजीतौल समूहको छनोट खेलमा आर्मीका सुशिल थापाले प्रदेश ३ कामदन डंगोललाई ५–० ले अंकका आधारमा हराउदै छनोट भइसकेका छन ।
थाईल्याण्ड बक्सिङ संघको आयोजनामा अप्रिल १६ देखि २६ सम्म बैंककमा संचालन हुने प्रतियोगिताका लागि छनोटमा परेका खेलाडीलाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले हौसला प्रदान गर्दै भने– “देशको नेतृत्व गर्ने अवसर पाउनु भएको छ, कडा मेहनत गरेर आफुलाई तयारी बनाउनु होला, तपाईहरुको प्रशिक्षणका लागि नेपालबक्सिङ संघले आवश्यक सहयोग गर्ने छ ।”
