सुदुर पश्चिम प्रदेश मुख्यमन्त्रि कपमा गण्डकी प्रदेश क्रिकेटको फाइनलमा, भलिबलमा सेमीफाइनलमा प्रबेश

पोखरा, २ चैत्र ।
सुदुर पश्चिम प्रदेशको धनगढीमा जारी मुख्यमन्त्रि कप अन्र्तगत शनिबार सम्पन्न क्रिकेटमा गण्डकी प्रदेश फइनलमा प्रवेश गरेको छ ।

धनगढीमा फाइनलमा पुगेको गण्डकी प्रदेशको क्रिकेट टिम

यहि फागुन २९ देखि चैत्र ३ गते सम्म हुने प्रतियोगिताको आज सम्पन्न पूरुषतर्फको क्रिकेटमा प्रदेश ३ लाई ५ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । २० ओभरको खेलमा गण्डकीले पहिलो ब्याटिङ गर्दै ६ बिकेटको क्षतीमा १०७ रन बनाएको थियो । गण्डकीका लागि अनिल गुरुङले ४४ रनको योगदान दिएका थिए ।

प्रदेश ३ लाई १०८ रनको लक्ष्य पस्केको गण्डकीले १९.२ ओभरमा १०२ रन खर्चिएर सबै खेलाडीलाई पेविलिएन फर्कायो । गण्डकीका लागि विपिन खत्रीले आफ्नो ४ ओभको स्पेलमा ३ विकेट लिए भने आकाश थापाले २, किशोर महतोले २ र राजु गुरुङ, सन्तोष न्यौपाने तथा बिशाल पौडेलले समान १–१ विकेट हात पारेको प्रशिक्षक चन्द्र बहादुर गुरुङ (जिम्मी) ले बताए ।

यता सोही प्रतियोगिता अन्र्तगत गण्डकी प्रदेश पुरुष र महिला भलिबलको सेमी फाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न पुरुष भलिबलमा गण्डकीले प्रदेश ५ लाई २३–२५, २५–१६, २५–२१ र २५–१९ को सोझो सेटमा पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको हो ।

त्यसै गरि महिला भलिबल तर्फ समेत गण्डकी प्रदेशले प्रदेश १ र २ लाई सोझो सेटमा पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका कार्यालय प्रमुख लक्ष्मण योगीले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close