नवौं राष्ट्रिय डाउनहिलमा सुमन र निस्मा च्याम्पियन

काठमाडौं, १ चैत । नवौं राष्ट्रिय एमटिबी डाउनहिल च्याम्पियनसिपमा सुमन तामाङ र निस्मा श्रेष्ठ च्याम्पियन भएका छन् ।

गोकर्णेश्वर नगरपालिकास्थित राष्ट्रिय सहिद तथा शान्ति पार्कमा शुक्रबार नेपाल साइक्लिङ संघद्वारा आयोजित डाउनहिल च्याम्पियनसिपको पुरुषतर्फ सुमन र महिलातर्फ निस्मा च्याम्पियन भएका हुन् । १ किलोमिटर डाउनहिलको दूरी सुमनले १ मिनेट २० सेकेन्डमा पूरा गर्दै पहिलो भए । सोही दूरी निस्माले १ मिनेट ५५ सेकेन्डमा पार गर्दै महिलातर्फ सफलता प्राप्त गरिन् ।

त्यस्तै पुरुषतर्फ कुञ्जनी राई दोस्रो र निरेन्द्र महर्जन तेस्रो स्थानमा रहे । कुञ्जनीले १ मिनेट ३० सेकेन्ड र निरेन्द्रले १ मिनेट ४० सेकेन्डमा उक्त दूरी पूरा गरे । १ मिनेट ४९ सेकेन्ड समयका साथ अजय क्षेत्री चौथो स्थानमा रहँदा फुर्बा शेर्पा ९ मिलिसेकेन्डले पाँचौ स्थानमा सीमित रहे । महिलातर्फ रोजिसा लिम्बु दुई मिनेट २८ सेकेन्डका साथ दोस्रो हुँदा तेस्रो भएकी आरती श्रेष्ठले २ मिनेट ३६ सेकेन्डमा उक्त दूरी पूरा गरिन् ।

अनमिका गुरुङले चौथो स्थान प्राप्त गर्न २ मिनेट ५६ सेकेन्ड समय लगाए । एक किलोमिटरकै जुनियरतर्पm निरज श्रेष्ठ, जेसन कुँवर र दीपक जिमी शीर्ष तीन स्थान प्राप्त गर्न सफल भए । निरजले १ सय मिनेटमा १८ सेकेन्ड, जेसनले १ मिनेटमा २२ सेकेन्ड र दीपकले १ मिनेटमा २४ सेकेन्डमा शीर्ष तीन प्राप्त गरे । चौथो स्थानका योजक चौलागाईले १ मिनेट ३१ सेकेन्ड र पाँचौंका निरनराज गिरीले १ मिनेट ३४ सेकेन्ड समय लगाए । डाउनहिलमा कुल ३० राइडर्सले प्रतिस्पर्धा गरेका थिए ।

शनिबार क्रस कन्ट्रीको खेल सञ्चालन हुने नेपाल साइक्लिङ संघका महासचिव रञ्जन राजभण्डारीले जानकारी दिए । यसअघि प्रतियोगिताको उद्घाटन गोकर्णश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले उद्घाटन गरेका थिए । सो अवसरमा राष्ट्रिय सहिद तथा शान्ति पार्कका अध्यक्ष सुदर्शन सिग्देल र संघका अध्यक्ष गोपाल शुन्दरलाल कक्षपतिको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close