नीलकण्ठलाई विद्यालय स्तरिय डण्डीबियो उपाधि

काठमाडौ, १ चैत ।
नीलकण्ठ माविले तेश्रो माध्यमिक विद्यालयस्तरीय डण्डीबियो प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ ।

त्रिपुरेश्वरस्थित आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा भएको फाइनलमा नीलकण्ठले अमरावती माविलाई २३७–१८९ ले पराजित ग¥यो । विजेता र उपविजेता दुवै धादिङका विद्यालय हुन् । उपाधिसंगै नीलकण्ठले २० हजार तथा अमरावतीले १५ हजार नगद पुरस्कार पाए ।

नेपाल डण्डीबियो संघको समन्वयमा भएको प्रतियोगितामा नाजरथ, ललितपुरले तेश्रो स्थानमा चित्त बुझायो । नाजरथले रोम्बस, भक्तपुरलाई १६३–१२३ ले हरायो । नाजरथले १० हजार नगद पुरस्कार पायो ।

विजेतालाई महालेखा परीक्षकको कार्यालयका उप–सचिव पदमबहादुर बस्नेत, राखेप अन्तर्गत आर्थिक प्रशासन शाखाका प्रमुख कपिलमणि पोखरेल र डण्डीबियो संघका अध्यक्ष मोतीराम फुयालले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

तीनदिने प्रतियोगितामा उपत्यका, काभ्रे र धादिङका २० टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेको राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्माले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close