गण्डकी प्रदेश छनौट : महिला फुटबलमा स्याङजालाई स्वर्ण, भलिबल र बास्केटबल जारी

पोखरा, २३ फागुन ।
८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेश छनौट प्रतियोगिता अन्तरगत महिला फुटबलमा स्याङजाले स्वर्ण पदक जितेको छ ।

बिहिबार सम्पन्न फाइनलमा स्याङजाले कास्कीलाई ४–० गोल अन्तरले पराजित गर्दै स्वर्ण पदक जितेको हो । स्याङजालाई स्वर्ण पदक दिलाउन शोभा पगेनीले ह्याट्रिक पुरा गरिन भने सरस्वती हमालले एक गोल थपिन ।

Photo: Pranish Tamrakar

यता काश्य पदकका लागि भएको खेलमा लमजुङले म्याग्दीलाई आधा दर्जन गोलको वर्षा गरेको छ । लमजुङले म्याग्दीलाई ६–० ले पराजित गर्दा सपना गुरुङले ह्याट्रिक गरिन ।

विजेता टिम तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङ लगाएतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

भलिबल

पोखरामा जारी भलिबलमा पुरुष र महिला तर्फ क्वाटर फाइनलका समिकरण पुरा भएका छन । सम्पन्न पुरुष तर्फको खेल बाट बागलुङ, नवलपुर, पर्वत र म्याग्दी सेमीफाइनलमा प्रवेश गरेको नेपाल भलिबल संघका सचिब डिबी नेपालीले जानकारी दिएका छन ।

सेमीफाइनल प्रवेशका लागि म्याग्दीले गोर्खालाई सोझो सेटमा पराजित गरेको छ । उसले २५–१६, २५–२३ र २७–२५ ले पराजित गरेको हो । यता पर्वतले स्याङजालाई २५–१७, २१–२५, २५–२० र २५–१७ ले, नवलपुरले कास्कीलाई २५–११, २५–२३, २३–२५ र २६–२४ ले र बागलुङले तनहुँलाई १५–२५, २८–२६, २५–१० र २५–२० ले पराजित गरेका छन ।

यसै गरि महिला तर्फ कास्की, पर्वत, म्याग्दी र बागलुङ सेमीफाइनलमा प्रवेश गरेका छन । आजको खेलमा कास्कीले मुस्ताङलाई २५–१४, २५–१५ र २५–१५ ले , पर्वतले तनहुँलाई २५–१७, २५–१८, २४–२६ र २५–१७ ले, म्याग्दीले तनहुँलाई २५–३, २५–१२ र २५–१० र बागलुङले लमजुङलाई २५–१७, २५–१८ र २५–२२ ले पराजित गरेका छन ।

बास्केटबल

बिहिबार बास्केटबल पुरुष तर्फको खेलमा क्वाटरफाइनलका समिकरण सम्पन्न भएको कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष ध्वज कुमार गुरुङले बताएका छन ।

शुक्रबार हुने सेमीफाइनलमा कास्की र स्याङजा तथा पर्वत र म्याग्दी भिड्ने भएका हुन । सम्पन्न क्वाटरफाइनलमा कास्कीले बागलुङलाई ५७–४३ ले, पर्वतले तनहुँलाई ६०–५५ ले, स्याङजाले लमजुङलाई ४६–४० र म्याग्दीले मुस्ताङलाई ६७–४८ ले पराजित गरेका थिए । यता महिला तर्फ भने कास्की र लमजुङ भिड्दैछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close