
पोखरा २१ फागुन ।
८ औं राष्ट्रिय खेलुकुद प्रतियोगिता अन्र्तगत गण्डकी प्रदेशमा मंगलबार कब्बडी, खोखो खेलको छनोट सम्पन्न भएको छ भने फुटबलको समिकरण पुरा भएको छ ।
कब्बडी खेलको पुरुष तर्फ नवलपुरले स्वर्ण जितेको छ भने कास्कीले रजत जितेको छ । तनहुँ र लमजुङले भने काश्य पदक जितेको कास्की जिल्ला खेलकुद बिकास समितीका कार्यालय प्रमुख प्रकाश बरालले बताए । यसै गरि कब्बडीको महिला तर्फ कास्कीले स्वर्ण, म्याग्दीले रजत र नवलपुरले काश्य पदक जितेका छन ।

खोखो तर्फ पुरुष छनोटमा नवलपुरले स्वर्ण, गोर्खाले रजत र कास्कीले काश्य पदक हात पारेका छन । यसै गरि महिला तर्फ नवलपुरले स्वर्ण र कास्कीले रजत पदक हात पारेको कार्यालय प्रमुख बरालले बताए ।
बिजेता खेलाडीहरुलाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठले पदक तथा प्रमाणपत्र वितरण गरेका थिए । कब्बडी र खोखो प्रतियोगिता नवलपुरमा सम्पन्न भएको हो ।
फुटबल
यता मंगलबार सम्पन्न फुटबलमा गोर्खा र लमजुङ फाइनल प्रवेश गरेका छन । सम्पन्न खेलमा गोर्खाले तनहुँलाई ३–२ गोल अन्तरले पराजित गर्दे फाइनलमा स्थान शु्रक्षित गरेको हो भने लमजुङले दावेदार मानिएको बागलुङलाई २–० गोलले पराजित गरेको छ ।
गोर्खालाई जिताउन बिकास गुरुङ र मिलन तामाङले समान १–१ गोल गरे भने एक गोल सुसाइडका रुपमा भएको थियो । तनहुँका लागि सन्त बहादुर गुरुङले २ गोल गरे । यता लमजुङलाई फाइनलमा पु¥याउन मनोज गुरुङले २ गोल गरे ।
आज बाट शुरु भएको महिला तर्फको फुटबलमा लमजुङले बागलुङलाई २–० ले पराजित गरेको छ । लमजुङका लागि पूर्णिमा गुरुङ र रन्जना लामाले गोल गरेका थिए । यसै गरि म्याग्दीले रेहा रोक्काको गोलको सहयोगले नवलपुरलाई १–० गोलले पाखा लगाएको छ ।
