सहाराका विदेश स्थित भातृ संस्था बाट धन्यबाद ज्ञापन

पोखरा, २० फागुन ।
पोखराको फुटबल बिकास, सामाजिक र शिक्षाको बिकासमा अग्रणी भूमिका खेलेको सहारा क्लब पोखराका विदेश स्थित भातृ संस्थाहरुले १७ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिता भब्य रुपमा सम्पन्न भएकोमा सबैलाई धन्यबाद दिएका छन ।

पोखरामा सहारा यूके, सहारा अस्ट्रेलिया र सहारा हङकङले पोखरामा संयूक्त कार्यक्रम आयोजना गरि सबैमा धन्यबाद ज्ञापन गरेका हुन । आहा रारा गोल्डकपको समापन पछि आयोजित कार्यक्रममा सहारा क्लबका अध्यक्ष केशब बहाद्ुर थापाले सबैको संयूक्त प्रयास र सहयोगले कठिन समयमा आयोजना भएको १७ औं संस्करणलाई विगतको जस्तै भव्य र सभ्य रुपमा सम्पन्न गर्न पाएकोमा खुसी ब्यक्त गर्दै सहयोगी र प्रायोजकहरुमा धन्यबाद दिएका छन ।

सो अबसरमा सहारा यूकेका अध्यक्ष कुमार गुरुङले सहाराले नेपालमा फुटबल बिकासको लागि गरेको प्रयास सर्हानिय रहेको बताउँदै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिन सहारा यूके प्रतिवद्ध रहेको बताए । अध्यक्ष गुरुङले सबैको प्रयास बाट विगतमा जस्तै १७ औं संस्करण सम्पन्न गर्न सहयोगी, प्रायोजक र स्वयसेवकहरुलाई लाई उनहिरुले गरेको कठिन प्ररिश्रमका लागि धन्यबाद दिएका छन ।

कार्यक्रममा सहारा अष्ट्रेलियाका अध्यक्ष राजमान थकाली, सहारा यूकेका सल्लाहकार तथा फोक्सन नेप्लिज कमिटी यूकेका अध्यक्ष चन्द्र गुरुङ, एनआरएन यूकेका पूर्व अध्यक्ष मुछेत्र गुरुङ, जापान तमुधीका अध्यक्ष श्री भक्त गुरुङ, सहारा यूकेका महासचिब धनु थकाली पुरन, सल्लाहाकारहरु, कार्यसमितीका पदाधिकारीहरु लगाएतको विशेष उपस्थिती रहेको थियो । सांस्कृतिक कार्यक्रम सहित भएको धन्यबाद कार्यक्रममा सहारा यूके, सहारा क्लब पोखरा र अन्य शुभचिन्तकहरुको उपस्थिती रहेको थियो ।

स्मरिणय के छ भने प्रत्येक वर्ष आहा राराको समापन पछि सहाराका विदेश स्थित भातृ संस्थाहरुले प्रत्येक वर्ष धन्यबाद कार्यक्रम आयोजना गर्दछन ।

सहाराले १७ औं संस्करणमा ८ लाख २१ हजार ५ सय २० रुपैयाँ फाइनलको टिकट बाट संकलन गरेको छ । सहारा क्लबले १७ औं संस्करणमा करिब ८ हजार दर्शकले फाइनल खेल अवलोकन गरेको अनुमान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close