प्रथम वेगनासकप पचभैया, झरना, नयाँ गाउँ, सैनिक र मेरो नेपाल बिजयी

फागुन १४, पोखरा ।
वेगनास ताल किनारमा जारी प्रथम सेभेन ए साईड वेगनास कपमा तेश्रो दिन ६ खेल सम्पन्न भएका छन् । मंगलबार भएको पहिलो खेलमा लामा गाउँ ए विरुद्ध पचभैया सि ले टाइब्रकेरमा ६–५ गोलले जित निकालेको छ । निर्धारित तथा अतिरिक्त समय सम्म कुनै पनि गोल हुन नसके पछि खेल टाईब्रेकरमा पुगेको थियो ।

त्यस्तै अर्को खेलमा झरना एफसिले नयाँ गाउँ ‘बि’ लाई २–० गोल अन्तरले पराजित गर्दै अर्को चरण प्रवेश गरेको छ । दुवै टिमले राष्ट्रिय स्तरका खेलाडी मैदान उतारेको भए पनि नयां गांउले आफुलाई समयमा सम्हाल्न नसक्दा दोश्रो हाफमा २ गोल खांदै प्रतियोगिता वाटै वाहिरीएको छ ।

मंगलबार भएको तेश्रो खेलमा नयाँ गाउँ ‘ए’ ले वुढिवजार एफ सि लाई ५–१ को फराकिलो गोलले पाखा लगाउंदा सैनिक ‘ए’ विरुद्ध मैदान उत्रेको हर्मन माईनर युथ क्लव एसओएस पनि ५–२ को फराकिलो हार व्यहोरेको छ ।

खेल अगावै बुद्ध शान्ति युवा क्लवले वाक ओभर दिदा यसको पुर्ण फाईदा गेटवे फाउन्डेसन लाई पुग्यो । मैदान उत्रन नपाउदै गेटवे बिजयी वनेर अघिल्लो चरण प्रवेश गर्यो । निकै प्रतिस्पर्धात्मक खेलमा हिमचुली एफ ‘सि’ विरुद्ध मैदान उत्रेको मेरो नेपालले ले २–१ गोलको नतिजा निकाल्दै प्रतियोगिताको अघिल्लो चरण प्रवेश गरेको छ ।

विजयी सम्पुर्ण टिम अर्को चरणमा प्रवेश गरेको प्रतियोगिता संयोजक सुरेन्द्र पुनले जानकारी दिएका छन् । यस क्षेत्रकै सर्वाधीक पुरस्कार राशी रहेको खेलमा दर्शकको उल्लेख्य साथ र सहभागीता रहेको क्लवका अध्यक्ष राम वहादुर रानाभाटले वताए ।

प्रतियोगिताको विजेताले १ लाख ५ हजार ५ सय पचपन्न सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले ५५ हजार ५ सय पचपन्न सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ भने तेश्रो पुरस्कारमा रु १५ हजार ५ सय पचपन्न सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीले रु ८ हजार उच्च गोलकर्ता, उत्कृष्ट प्लेमेकर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट गोल रक्षकले जनही ५ हजार नगद प्राप्त गर्नेछन् । अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close