
पोखरा, ८ फागुन ।
आहा राराको बिहिबार हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब भिड्ने भएका छन । प्रतियोगिता उद्घाटन सामाजिक बिकास मन्त्रि नर देबी पुनले गर्ने कार्यक्रम रहेको क्लबले जनाएको छ । उद्घाटन खेल दिउसो २ बजे शुरु हुने भएको हो ।
मैदान घेरियो जालीले
बिहिबार बाट शुरु हुने आहा ! राराको लागि आयोजक सहारा क्लबले अस्थाइ रुपमा तार जालीले घेरेको छ । “अनावश्यक रुपमा कोही पनि मैदान छिर्न नसकिने हिसावले तार जालीले घेरिएको” अध्यक्ष केशब बहादुर थापाले बताएका छन । “हामी खेलाडीको शुरक्षा संगै खेल सुचारु रुपमा संचालन रुपमा होस भन्ने चाहन्छौ” अध्यक्ष थापाले भने ।
यसै गरि दर्शकको सुविधाका लागि क्लबले मैदानको पूर्वतर्फ ८० मिटर लम्वाईमा अस्थायी प्यारापिट बनाउँदैछ । जहाँ २ हजार भन्दा वढी सजिलोसंग बसेर फुटबल खेलको मजा लिन सक्नेभएका छन । यसैगरी मैदानको पश्चिम तर्फ पनि अस्थायी प्यरापिट रहने क्लबले जनाएको छ ।
पूर्व सन्ध्यामा मोटरसाईकल र्याली
विहिबार देखि पोखरामा सुरु हुने १७ औं संस्करणको उक्त प्रतियोगिताको पूर्व सन्ध्यामा पोखरामा मोटरसाईकल ¥याली गरिएको हो । पोखरा रंगशालाबाट सुरु भएको उक्त र्याली पृथ्बीचोक, मुस्ताङचोक, पार्दी्विरौटा, राष्ट्रबैंकचोक, लेकसाईड, जिरोकिलोमिटर, सिद्धार्थचोक, विन्ध्यवासिनी मन्दिर, बगर, नदीपुर, पालिखेचोक, महेन्द्रपुल, रानीपौवा, भद्रकाली, रामबजार हुदै रंगशालामा पुगेर समापन भएको थियो ।

यस अघि राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेस कुमार गुरुङले र्यालीको शुरुवात गर्दै पोखरामा हुने फुटबल प्रतियोगितालाई सबैले मिलेर सहयोग गर्नुपर्ने बताए । सहारा क्लबले प्रतियोगिताको पूर्व सन्ध्यामा प्रचारात्मक रुपमा मोटरसाईकल र्याली गरिएको क्लवका अध्यक्ष केशबबहादुर थापाले बताए ।
तस्बिरः सुदर्शन रंजित
