एक हप्ते प्रदेश गण्डकी स्तरिय रेफ्रि प्रशिक्षण कार्यक्रम सम्पन्न

पोखरा, अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना भएको एक हप्ते गण्डकी प्रदेश स्तरिय फुटबल रेफ्रि प्रशिक्षण कार्यक्रम पोखरामा सम्पन्न भएको छ ।

एन्फा रेफ्रि प्रशिक्षण कोर्ष अन्तरगत भएको उक्त प्रशिक्षणमा सहभागी भएका ८ जिल्लाका ४२ जना मध्ये ३५ जनाले कोर्ष उर्तिण गरेको एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिएका छन । सहभागी रहेका ४ महिला मध्ये २ जनाले एन्फा रेफ्रि कोर्ष उर्तिण गरेका छन । गोर्खाकी उपमा रायमाझी र कास्कीकी पार्वती राना मगर अब रेफ्रिको भूमिकामा मैदानमा देखा पर्नेछन ।

रेफ्रि कोर्ष उर्तिण गरेकालाई व्याच र प्रमाणपत्र (लाईसेन्स) वितरण गर्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य राम कृष्ण ज्ञवालीले खेललाई जिवन संग जोड्ने माध्यम बन्न सक्नुपर्ने बताउँदै व्यवसायिक खेलकुद तर्फ अब सबैको चासो हुनु पर्ने कुरामा जोड दिए ।

नयाँ उत्पादन भएका रेफ्रिहरुले आफ्नो ज्ञान र शिपलाई आफ्नो जिवनमा उर्तान आग्रह गर्दै केन्द्रिय सदस्य ज्ञवालीले मैदानमा उभिएर एक जना रेफ्रिले खेल संचालन गरे पनि बाहिर हुने हजारौं रेफ्रिको सामना गर्न आफू संधै तयार हुनु पर्ने तर्फ इंगित गर्दै भने–“रेफ्रि संधै खेलको निष्पक्षतामा र जिम्मेवारीमा खरो उत्रनुपर्छ ।”

कार्यक्रममा बोल्दै एन्फाका केन्द्रिय उपाध्यक्ष कृष्ण थापाले गण्डकी प्रदेशमानै पहिलो पटक यस्तो प्रकारको प्रशिक्षणमा सहभागी हुन पाउनु ठूलो अवसर रहेको बताउँदै अब पोखरामा फुटबल डि स्तरिय फुटबल प्रशिक्षक उत्पादन गर्न प्रशिक्षण कार्यक्रम शुरु हुने बताए । पोखरा फुटबल खेलको राजधानीका रुपमा संधै परिचित रहेकोले फुटबल बिकासका लागि धेरै भन्दा कार्यक्रम आयोजना हुने समेत उनले बताए ।

एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङको अध्यक्षतामा भएको कार्यक्रम रेफ्रि प्रशिक्षक सुरेन्द्र शिखाकारले आफूले सिकेको शिपालाई सबैमा बाँड्न आग्रह समेत गरे । सो अवसरमा एन्फा कास्कीका सचिब रमेश कार्की, प्रशिक्षार्थी उपमा रायमाझी लगाएतले बोलेका थिए ।

सहभागीहरुलाई फिफा रेफ्रीहरु सुरेन्द्र शिखाकार, सुदेश कुमार पाण्डे, बसन्त रिजाल, किरण गिरीले रेफ्री सम्बन्धी शैद्धान्तिक र व्यवहारिक ज्ञान दिएका थिए ।
तस्बिरः सुदर्शन रंजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close