पोखरा म्याराथनलाई ‘च्यारिटी’ र सन्देश प्रबाहका लागि उपयोग गरिदैं

केशब पाठक,
पोखरा ६ फागुन ।
पोखरा म्याराथनको एक दिन वाँकी रहँदा गाँउपालिका अध्यक्ष देखि विभिन्न सामाजिक अभियान्ताहरु विभिन्न सन्देश प्रवाह गर्नका साथै ‘च्यारिटी’का लागि पोखरा म्याराथनलाई उपयोग गर्ने भएका छन ।

पोखरा म्याराथनको विगतको संस्करणमा यस्तो कसैलै पनि गरेको थिएन न त यस बारे कसैले सोचेको पनि थियो । विदेशमा आयोजना हुने यस्ता कार्यक्रमहरुमा ‘च्यारिटी’ का लागि अर्थात सहयोग रकम संकलन गर्नका लागि उपयोग गरिदैं आए पनि पोखराका लागि यो नौलो कुरा रहेको भूतपूर्व खेलाडी मंचका अध्यक्ष तेज गुरुङले बताएका छन ।

पोखरा म्याराथनलाई सन्देश छर्नका लागि माछापुच्छ्रे गाउँपालिका प्रमुख कर्ण बहादुर गुरुङ विशेष सन्देश प्रवाह गर्नका लागि उपयोग गर्दैछन । उनले आफ्नो गाउँपालिका अन्र्तगत रहेको माछापुच्छ्रे हिमाल आरोहणका लागि खुल्ला गर्न नागरिकको तर्फ बाट दवाव दिन उपयोग गर्ने भएका हुन । “माछापुच्छ्रे हिमाल आरोहण खुल्लागर्न हामी चौतर्फी रुपमा आवाज उठोस भन्ने चाहन्छौ” प्रमुख गुरुङले भने ।

माछापुच्छ्रे हिमाल आरोहण खुल्ला गरे संगै त्यस आसपासमा रहेका जनता संग जोडिएको विषय रहेकोले माछापुच्छ्रे आरोहणका लागि पनि आरोहणका लागि खुल्ला गर्न प्रमुख गुरुङले आग्रह गरे । उनले पोखरा म्याराथनमा ५० जना भन्दा वढी माछापुच्छ्रेबाशीहरु टि–सर्टमा सन्देश लेखेर दौडने छन ।

यस्तै पोखरा म्याराथन मार्फत ‘च्यारिटी’का लािग भलिबलककी पूर्व राष्ट्रिय खेलाडी एवम प्रशिक्षक मञ्जु गुरुङ पनि दौडने भएकी छन । यूके बाट दुई दशक पछि पोखरा आएकी गुरुङ व्रेष्ट क्यान्सर बाट उन्मुक्ती पाएकी हुन । उनी व्रेष्ट क्यान्सर विरुद्धको अभियानमा लण्डन लगाएत अन्य ठाउँमा ‘च्यारिटी’ मार्फत सहयोग संकलन गरेर त्यसमा कार्यगर्ने संस्थाहरुलाई हस्तान्तरण गर्छिन । त्यस्तै अन्य विदेशी धावकहरु पनि च्यारिटीका लागि पोखरा म्याराथनलाई भरपुर उपयोगको प्रयासमा जुटेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close