भेट्रान्स बास्केटबल प्रतियोगिताको उपाधीे ठमेल यूनाइटेडले जित्यो

पोखरा, ५ फागुन ।
कास्की जिल्ला बास्केटबल संघको आयोजना तथा पोखरा महानगर पालिकाद्वारा संरक्षित “तेश्रो कुँवर व्रर्दश एण्ड शन्स् राष्ट्रिय भेट्रान्स बास्केटबल प्रतियोगिता २०७५” को उपाधी काठमाण्डौको ठमेल यूनाइटेडले जितेको छ ।

आइतबार पोखरामा सम्पन्न फाइनल खेलमा काठमाण्डौको ठमेल यूनाइटेडले आयोजक कास्की जिल्ला बास्केटबल संघलाई ६४–४८ को स्कोरले पराजित गर्दै उपाधी हासिल गरेको हो । उपाधी संगै ठमेल यूनाइटेडले नगद ५५ हजार ५ सय ५५ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यत उपबिजेतामा चित्त बुझाएको कास्की जिल्ला बास्केटबल संघले नगद ३३ हजार ३ सय ३३ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।

प्रतियोगितामा कास्की भलिबल संघका खेलाडी रबिन साही उत्कृष्ट खेलाडी घोषित भए भने ठमेल युनाइटेडका कर्मा गुरुङले सर्वाधिक स्कोरर घोषित हुँदै विशेष ट्रफी प्राप्त गरेका छन ।

नेपाल प्रहरी प्रधान कार्यालय नक्सालका एसएसपी नरोत्तमलाल प्रधान, नेपाल बास्केटबल संघका उपाध्यक्ष जुम प्रसाद गुरुङ, क्षेत्रिय भलिबल संघका संस्थापक अध्यक्ष श्रीभक्त गुरुङ, जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी गोबिन्द पुरी, सोसल पव्लिकका संस्थापक खिम गुरुङ लगाएतले बिजेता टिम तथा खेलाडीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

समापन कार्यक्रममा नेपाल बास्केटबल संघका पूर्व उपाध्यक्ष एवम नेपाल सेभेन ए साइडका अध्यक्ष नविन पुनलाई सम्मान गरिएको थियो ।

कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष ध्वज कुमार गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रतियोगिताका संयोजक नारायण प्रसाद शर्माले स्वास्थ शरिर र भाइचारको सम्बन्धलाई बलियो बनाउन तथा पोखरालाई खेलकुद पर्यटनका माध्यम बाट प्रवद्र्धनगर्न भेट्रान्स बास्केटबल प्रतियोगिताले महत्वपूर्ण भूमिका खेलेको बताए ।

४० वर्ष देखि माथी उमेर समुहका खेलाडीको रहेको उक्त प्रतियोगितामा ६ टिमको सहभागिता रहेको थियो । काठमाडौको ठमेल युनाइटेड, तनहु जिल्ला बास्केटबल संघ, एक्स अम्बर सिंहको ए र बी, लामाचौर भेट्रान्स तथा आयोजक कास्की जिल्ला बास्केटबल संघको टिमले प्रतियोगितामा प्रतिष्पर्धा गरेका थिए । प्रतियोगिता यहि फागुन २ गते बाट संचालन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close