पोखरामा हुने छात्र–छात्रा भलिवल प्रतियोगिताको तयारी तिब्र

पोखरा, ३० पुष ।
पोखरामा माघ ८ गतेदेखी १२ गतेसम्म आयोजना हुने सामुदायिक मावि स्तरीय भलिवल प्रतियोगिताको तयारी तिव्र पारिएको छ । कास्की जिल्ला भलिवल संघ र सृजना विकास केन्द्र, सिमलचौर पोखराको संयुक्त आयोजनामा हुने कास्की जिल्ला सामुदायिक विद्यालय स्तरीय ‘सृजना छात्र/छात्रा भलिवल प्रतियोगिता’को तयारी तिव्र पारिएको हो ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित आयोजना हुने प्रतियोगितामा सहभागिताका लागि आग्रह गर्दै कास्कीका मावि स्तरिय ७५ भन्दा बढी विद्यालयलाई पत्र पठाइ सकिएको आयोजक कास्की जिल्ला भलिवल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए । उनले भने,‘कास्कीमा रहेका प्रायः सबै विद्यालयलाई पत्र पठाई सकिएको छ, सहभागिताका लागि नाम दर्ता गराउने क्रम पनि शुरु भएको छ ।’

कास्कीका सामुदायिक विद्यालयहरुले मात्र सहभागिता जनाउन पाउने प्रतियोगितामा १५ विद्यालयले नाम दर्ता गराईसकेको अध्यक्ष पराजुलीले जानकारी दिए । प्रतियोगिताका लागि माघ ५ गते अपराह्न ५ बजेसम्ममा नाम दर्ता गराइसक्नुपर्ने उनले बताए । पोखरा रंगशालास्थित भलिवल संघको कार्यालय वा सिमलचौरस्थित सृजना विकास केन्द्रको कार्यालयमा नाम दर्ता गर्न सकिने उनले बताए ।

१२ कक्षा सम्मका विद्यार्थीले खेल्न पाउने प्रतियोगितामा छात्र तथा छात्रा दुबैमा ५०/५० विद्यालयले सहभागिता जनाउने आयोजकको दाबी छ । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्धेश्यले आयोजित प्रतियोगिता पोखरा रंगशालास्थित भलिवल ट्रेनिङ सेन्टरमा खेलाइने कास्की जिल्ला भलिवल संघले जनाएको छ । प्रतियोगिताले भलिवल खेलको जग बलियो बनाउने अपेक्षा गरिएको छ ।

प्रतियोगिताको उपाधि बिजेतालाई ५० हजार, उपबिजेतालाई ३० हजार र तृतीय हुने विद्यालयलाई १५ हजारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकलाई पनि नगद ५÷५ हजारसहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । प्रतियोगितामा सहभागि सबै टिमलाई तयारीका लागि ५÷५ हजार प्रदान गरिने सृजना विकास केन्द्रका प्रथम उपाध्यक्ष तथा प्रचारप्रसार संयोजक ईन्द्रप्रसाद पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close