बंगलादेशविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्ने नेपाली फुटबल टिमको घोषणा

पोखरा स्पोर्ट्स । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्ने टिमको घोषणा गरेको छ । राष्ट्रिय टिमका प्रशिक्षक म्याट रसले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने २३ सदस्यीय टिमको घोषणा गरेका हुन् ।

नेपाली टिममा  किरण चेम्जोङ (कप्तान ), आदित्य शाक्य, अमित लामा,  अनन्त तामाङ, अभिषेक लिम्बु, मणि कुमार लामा, मनिष डाँगी, रणदिप पौडेल, रोहन कार्की, अन्जन बिष्ट, रोहित चन्द, अरिक बिस्ट, समीर तामाङ, दीप कार्की, दिनेश हेन्जन, गिलेस्पे जङ्ग कार्की, कुशल देउवा, लेकेन लिम्बु, श्रीजन राज, सुवास ठकुरी बम,  सुमन श्रेष्ठ, टिकेन्द्र थापा र योगेश गुरुङ रहेका छन्  ।

नेपालले ६ र ९ सेप्टेम्बरमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close