साफ यू–२० पुरुष फुटबलः सेमिफाइनलमा नेपाल बंगलादेशसँग पराजित

पोखरा स्पोर्ट्स । माल्दिभ्समा जारी साफ यू–२० पुरुष च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल बंगलादेशसँग १–० ले पराजित भएको छ ।

बंगलादेशका लागि खेलको ११औँ मिनेटमा मोहमद मानिकले हेड मार्फत गरेको गोल नै निर्णायक बन्यो । पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । 

अब दोस्रो सेमिफाइनलमा आज भारत र भुटान आमनेसामने हुनेछन् । खेल नेपाली समय अनुसार साढे ८ बजेदेखि सुरु हुनेछ ।

प्रतियोगिताको फाइनल खेल शुक्रबार निर्धारित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close