पोखरा स्पोर्ट्स । १६औं केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड जेठको पहिलो साता हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)ले सातै प्रदेशलाई पत्रचार गरी जेठको ६ गते देखि ८ गते सम्म आयोजना हुने जानकारी गराएको हो । यूवा खेलाडी उत्पादनमा महत्वपूर्ण मानिएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको टुङ्गो नलाग्दा अब के हुने सवत्र चिन्ताको विषय बनेको थियो ।
राष्ट्रपति रनिङ शिल्डअन्तर्गत ६ खेलहरु समावेश गरिएका छन् । जसमा एथलेटिक्स, भलिबल, तेक्वान्दो, उशु, कराते र कबड्डी खेल समावेश छन् ।
राखेपले सबै प्रदेशलाई प्रदेशस्तरीय प्रतियोगिता सम्पन्न गर्न निर्देशन दिंदै टिम सहभागिताका लागि आग्रह गरेको छ ।
गण्डकी प्रदेशमा भने यस पटमको प्रदेशस्तरीय सो प्रतियोगिता बागलुङमा गर्ने तयारी प्रदेश खेलकुद परिषदले गरेको छ ।