हाइ अल्टिच्यूट ट्रेनिङ सेन्टर अब जुम्लामा

पोखरा स्पोर्ट्स । कर्णाली हाइ अल्टिच्यूट ट्रेनिङ सेन्टर निर्माणका लागि जुम्लामा आवश्यक जग्गा प्राप्त भएको छ ।

सो सम्बन्धी लालपुर्जा जुम्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख कविदत्त न्यौपानेले राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहतालाई सोमबार हस्तान्तरण गरेका हुन् ।

पातारासी गाउँपालिका–३, लोठचौरस्थित ६ हजार १ सय २० वर्ग मिटर क्षेत्रफल भएको जग्गा लाउरो बोहरा, गोरबहादुर बोहरा र कुम्भर बोहराले उपलब्ध गराएको प्रमुख न्यौपानेले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close