
पोखरा स्पोर्ट्स । गण्डकी प्रदेश बास्केटबल संघको दोस्रो साधारण सभा पोखरामा सम्पन्न भएको छ । नेपाल बास्केटबल संघका उपाध्यक्ष जुम प्रसाद गुरूङको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा महासचिब विष्णु गुरूङले प्रस्तुत गरको वार्षिक योजनासहितको प्रतिवेदन पारित गरेको छ ।
साथै साधारण सभाले कोषाध्यक्ष दिल्लीजङ गुरुङले आर्थिक वर्षमा खर्च–आम्दानी तथा आगामी वर्षका लागि प्रस्तावित बजेट समेत पारित गरेको छ ।
प्रदेश खेलकुद परिषदका सदस्य बोधराज गिरीको विशेष उपस्थितीमा भएको साधारण सभामा ६ जिल्लाका अध्यक्षहरुले समेत आफ्ना भनाई राख्दै गण्डकी प्रदेशमा लोकप्रिय खेलको रुपमा स्थापित बास्केटबल खेलको विकासका लागि परिषदको ध्यानाकर्षण गराएका थिए ।
सो अवसरमा जिल्ला खेलकुद कास्कीका अध्यक्ष मिलन गुरूङले गण्डकी बास्केटबल संघले छोठो अवधीमा नै विभिन्न कार्यक्रमहरु आयोजना गरी बास्केटबल खेलको विकासका भूमिका खेलेको भन्दै प्रशंसा गरेका थिए ।
गण्डकी प्रदेश बास्केटबल संघका अध्यक्ष धोज कुमार गुरूङको अध्यक्षतामा भएको साधारण सभामा साधारणसभाले संघको गतिविधि, संगठन सुदृढीकरण र आगामी कार्यक्रमहरूबारे महत्वपूर्ण निर्णयहरू गरेको सचिब इमा गुरूङले बताइन ।
