गण्डकी प्रदेशको खेलकुद बजेट निरासाजनक : सिलिङ भन्दा १६ करोड कम आयो वजेट

पोखरा स्पोर्ट्स । गण्डकी प्रदेशको आर्थिक वर्ष २०७८/०७९ का लागि पारित खेलकुद वजेट निरासाजनक देखिएको छ । सरकारले केही महिना अघि मात्रै गठन गरेको यूवा तथा खेलकुद मन्त्रालयलाई ४० करोडको सिलिङ तोकेपनि पारित वजेट १६ करोड कम आएको हो ।

प्रदेश सरकारले निर्माण शुरु गरेको पशुपती घाट स्थित क्रिकेट रंगशालाको निर्माणका लागि समेत कुनै वजेट छुट्टाइएको छैन भने यस अघि हुँदै आएको गण्डकी प्रदेश स्तरिय मुख्यमन्त्री फुटबल कप लगायतका कार्यक्रमहरुको वजेट समेत काटिएको छ ।

मन्त्रालय र प्रदेश खेलकुद परिषद गरी छुट्टा–छुट्टै वजेट शिर्षक अन्तर्गत परिषद तर्फको विभिन्न कार्यक्रम अन्तर्गत ४ करोड ४८ लाख ५० हजार मात्रै विनियोजन गरिएकोे छ । खेलकुद परिषद अन्तर्गत ड्रिम प्रोजेक्टका रुपमा अघि सारिएको पोखरा रंगशालामा निर्माण गर्ने भनिएको मार्शल आर्ट विल्डिङका लागि यस आर्थिक वर्षमा ५० लाख विनियोजन गरिएको छ । प्रदेश खेलकुद परिषदले एक वर्षमा निर्माण कार्य सक्ने गरी ६ करोडको बजेट अघि सारेको थियो ।

प्रदेश सरकारले काठमाडौंको ‘ए’ डिभिजनको क्लव मनाङ मर्स्याङदी(एमएमसी)लाई प्रदेशको फुटबल टिम बनाउने भन्दै १० लाख विनियोजन गरेको छ । त्यसै गरी प्रदेश सरकारले हाई अल्टिच्यूड खेलकुद ट्रेनिङ सेन्टर निर्माणका लागि १० लाख विनियोजन गरेको छ ।

पारित वजेटमा तालिम तर्फ ५ लाख, वाटर स्पोर्टसको अध्ययन अनुसन्धानका लागि ५ लाख, शाहसिक खेलकुद कार्यक्रम, प्रशिक्षक तथा रेफ्री उत्पादन, खेल सामाग्री खरिद, अपाङगता खेलकुद, प्राथमिक उपचार केन्द्रको निर्माणमा १०–१० लाख विनियोजन गरेको छ ।

त्यसै गरी खेलाडी पहिचानका लागि गरिने ट्यालेन्ट हन्टका लागि १५ लाख, मुस्ताङमा वहुउद्धेश्यिय कभर्ड हलका लागि ४० लाख, खेलकुद संग्रहालयका लागि ३ लाख, गल्फ एकेडेमी सञ्चालनका लागि ५ लाख, पोखरा रंगशालाको वास्केटबल कोर्ट स्त्तोरोन्नतीका लागि ५ लाख, परम्रागत खेललाई १० लाख, खेलाडीलाई रोजगारका लागि तालिम ३ लाख, पोखरा रंगशालाको पानी व्यवस्थापन गर्न ५ लाख, प्रदेश परिषदको कार्यालय भवन निर्माणका लागि ४० लाख, खेल सामाग्री खरिदका लागि १० लाख विनियोजन गरिएको छ ।

आर्थिक वर्ष २०७८–०७९ का लागि पारित बजेटमा यूवा तथा खेलकुद मन्त्रालय अन्तर्गत विभिन्न पालिकाहरुमा खेलकुद मैदान निर्माणका लागि ५–५ लाख विनियोजन गरिएको छ । जस अन्तर्गत म्याग्दीको रघुगंगा गाउपालिकाका चार वटा छुट्टा छुट्टै वडाहरुलाई ५–५ लाख विनियोजन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close