
पोखरा स्पोर्ट्स । तेस्रो संस्करणको ‘सूर्य तारा खेल तथा सांस्कृतिक महोत्सव’ यही चैत्र २७ गतेदेखि ३० गतेसम्म लेखनाथमा आयोजना हुने भएको छ । आयोजक सूर्य तारा क्लबले शुक्रबार एक पत्रकार सम्मेलन गरी तयारी शुरू गरेको जानकारी दिएको हो ।
अध्यक्ष विष्णु पुनको भनाई
क्लबका अध्यक्ष विष्णु पुनका अनुसार महोत्सव सम्पन्न गर्न ५७ लाख खर्च हुने जानकारी दिए । उनले पत्रकारहरुको जिज्ञासा मेटाउँदै भने–हामी लगातार तेस्रो सस्करणको तयारीमा छौं । तर पछिल्ला दुई सस्करणको कुरा गर्ने हो भने हामी अझै १९ लाख घाटामा छौं । हामी कति खर्च गर्ने भन्दा पनि जुन उद्धेश्यका साथ यो महोत्सव आयोजना गरेका छौं त्यसले खेलकुदको विकास, पर्यटन प्रवर्द्धन र खेलाडी उत्पादनका लागि महत्व राख्दछ ।”यसै बीच गण्डकी प्रदेशबाट राष्ट्रिय महिला फुटबलमा प्रतिनिधित्व गर्ने टिम ‘आर एस बीच फुटबल क्लब’लाई प्रोत्सहान स्वरुप नगद रु ५० हजार दिने सूर्य तारा क्लबले जनाएको छ ।
आयोजक समितिका संयोजक सन्दिप कोइरालाका अनुसार महोत्सवलाई आकर्षक र सहभागितामूलक बनाउन विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरू समावेश गरिएको जानकारी दिएका छन् । महोत्सव अन्तर्गत सेभेन ए साइड फुटबल, राष्ट्रिय खुल्ला महिला तथा पुरुष राष्ट्रिय डोरी तान प्रतियोगिता, खुल्ला ‘स्लो’ महिला स्कुटर रेस, ७ किमि दौड तथा जातीय संघ-संस्थाको झाँकी प्रदर्शनी प्रमुख आकर्षणका रूपमा रहनेछन् ।
सेभेन ए साइड फुटबलतर्फ विजेताले नगद २ लाख २ हजार २२२ रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले १ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् । यसअघि आयोजित संस्करणहरूमा परम्परागत फुटबल प्रतियोगिता भए पनि खर्च व्यवस्थापनका कारण यस पटक सेभेन ए साइडलाई प्राथमिकता दिइएको छ ।
त्यसैगरी, राष्ट्रिय खुल्ला महिला तथा पुरुष डोरी तान प्रतियोगितामा विजेता टिमले ५५ हजार ५५५ रुपैयाँ, उपविजेताले ३३ हजार ३३३ रुपैयाँ र तेस्रो हुनेले २२ हजार २२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
‘खुल्ला ‘स्लो’ महिला स्कुटर प्रतिस्पर्धामा पहिलोदेखि चौथो स्थान हासिल गर्नेले क्रमशः ३३ हजार, २२ हजार, ११ हजार र ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने व्यवस्था गरिएको छ ।
महोत्सव अन्तर्गत नै छात्र/छात्रा, खुल्ला पुरुष/महिला र भेट्रान दौड समेत आयोजना हुने छ । ७ किम अन्तर्गतको सो दौडमा छात्र/छात्रातर्फ पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश नगद रु ७, ५ र ३ हजार तथा खुल्ला पुरुष/महिला र भेट्रान दौडका बिजेताले क्रमश नगद रु १०, ७ र ५ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यसैगरी, जातीय संघ–संस्थाको झाँकी प्रदर्शनीतर्फ उत्कृष्ट तीन समूहलाई क्रमशः ४४ हजार, ३३ हजार र २२ हजार रुपैयाँसहित सम्मान गरिनेछ ।
खेल, संस्कृति र मनोरञ्जनलाई एकै थलोमा जोड्ने उद्देश्यसहित आयोजना हुन लागेको महोत्सवले स्थानीय प्रतिभा उजागर गर्नुका साथै सामाजिक एकता र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउने आयोजकको विश्वास छ ।
आयोजक उपसमितिको नाम
१. तेस्रो सुर्य तारा सेभेन ए साइड
संयोजक–सन्दिप कोइराला
सह संयोजक–रमेश कार्की
सचिव–कपिल बाबु भण्डारी
सदस्यहरु– रोशन छन्त्याल, विश्वदल गुरुङ, जङ्ग बहादुर गुरुङ, लक्की गुरुङ, बेल बहादुर गुरुङ, सुजन श्रेष्ठ, कृतन गुरुङ२. तेस्रो खुल्ला महिला स्लो स्कुटर रेस प्रतियोगिता २०८२
संयोजक– सरस्वती श्रेष्ठ
सह संयोजक–हरि कुमारी गुरुङ
सचिव–भिम कुमारी पुन
सदस्यहरु–लुकु पुन, लक्ष्मी पुन, पुनम पाईजा, सुकु लामा (पुष्पा)३. तेस्रो राष्ट्रिय खुल्ला डोरीतान प्रतियोगिता २०८२
संयोजक–शिव प्रसाद अधिकारी
सह संयोजक–दिपेन्द्र पौडेल
सचिव–बिनोद सुनार
सदस्यहरु–लुकु पुन, शिवराज सुवेदी, विकास सुनार, कुमार बहादुर क्षेत्री, सुबास कडेल४. तेस्रो जातीय संघसंस्था स्तरिय झाँकी प्रर्दशनी प्रतियोगिता २०८२
संयोजक–टिकाराम पंगेनी
सह संयोजक–कृष्ण पुन
सचिव–जीवन तिवारी
सदस्यहरु–बुद्धि माया गुरुङ, भिम कुमारी पुन, हरकुमार राना श्रीस६. तेस्रो एथ्लेटिक्स प्रतियोगिता २०८२
संयोजक–विष्णु हरि भुगाई
सह संयोजक–हरि बरुवाल
सचिव–सन्दिप सुवेदी६. सांस्कृतिक कार्यक्रम २०८२
संयोजक–कृष्ण प्रसाद अधिकारी
सदस्यहरु–प्रमोद भण्डारी, जीवन तिवारी, भरत गोदार, सुर्यमाया लामिछाने
