एन्फा निर्वाचन स्थगित

पोखरा स्पोर्ट्स । अन्ततः एन्फाले आफ्नो निर्वाचन प्रक्रिया स्थगित गरेको छ ।

राखेपले एन्फालाई निलम्बन गरेको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको निर्वाचन समितिले जानकारी दिएको छ ।

निर्वाचन यही चैत १३ गते झापामा हुने तय गरिएको थियो ।  राखेपको निर्देशन बिना निर्वाचन प्रक्रिया अघि बढाएपछि राखेपले एन्फालाई निलम्बन गरेको थियो । यही कारण एन्फा निर्वाचन समितिले मतदान तथा प्रक्रियागत सबै गतिविधि रोक्ने निर्णय गरेको हो ।

एन्फा निर्वाचनको नयाँ मिति पछि सार्वजनिक गरिने समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close