
पोखरा स्पोर्ट्स । जारी पीएम कम अन्तर्गत नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । विहिबार सम्पन्न खेलमा पुलिस क्लबले बागमती प्रदेशलाई ७ विकेटले पराजित गरेको हो ।
बागमती प्रदेशले दिएको २६६ रनको लक्ष्य पछाएको पुलिस क्लबले ४४ ओभरमा ३ विकेट गुमाउदै पुरा गरेको थियो ।
पुलिसको जितमा शंकर रानाले ११६ रनको शतकीय पारी खेलेका थिए भन दिनेश खरेलले ७० रन बनाएका थिए लक्ष्य दुवैले पहिलो विकेटका लागि १५९ रनको साझेदारी गरेका थिए लक्ष्य त्यस्तै कप्तान अरिफ सेखले ४३ रन बनाएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको बागमती प्रदेसले ४९.२ ओभरमा अल आउट हुदै २६५ रन बनाएको थियो ।
बागमतीका लागि पवन थापाले सर्बाधिक ७९ रन बनाए भने इशान पाण्डेले ७० रन बनाएका थिए । त्यस्तै पुलिस क्लबका बलर रशिद खान र दिनेश खरेलले ३-३ विकेट लिएका थिए भने करण केसीले २ विकेट लिएका थिए ।
