
पोखरा स्पोर्ट्स । जारी पीएम कप अन्तर्गत त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशमाथि सहज जित हासिल गरेको छ । विहिबार सम्पन्न खेलमा आर्मीले गण्डकीलाई ७ विकेटले पराजित गरेको हो । गण्डकीको यो लगातार दोस्रो हार हो ।
गण्डकीले दिएको २१० रनको लक्ष्य पछाएको आर्मीले ३४ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । आर्मीको जितमा कप्तान विनोद भण्डारीले सर्बाधिक ५८ रन बनाए भने भिम सार्कीले अविजित ५४, तृतराज दासले ५१ र कुशल मल्लले अविजित ४३ रन बनाएका थिए । गण्डकीका बलर सुबास भण्डारीले २ विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको गण्डकीले ४९.४ ओभरमा अल आउट हुदै २०९ रन बनाएको थियो । गण्डकीका लागि अर्जुन कुमालले सर्बाधिक ६७ रन बनाए भने दीपक डुम्रेले ५१ रन बनाएका थिए । त्यस्तै आर्मीका बलर आकाश चन्द र शाहाब आलमले ३-३ तथा कुशल मल्लले २ विकेट लिएका थिए ।
