दक्षिण अफ्रिकाले जित्यो न्यूजील्याण्डविरुद्धको टी-२० सिरिज

पोखरा स्पोर्ट्स । दक्षिण अफ्रिकाले न्यूजील्याण्डविरुद्धको टी-२० सिरिज जितेको छ । सिरिजको अन्तिम खेलमा दक्षिण अफ्रीकाले न्यूजील्याण्डलाई ३३ रनले पराजित गर्दै सिरिज ३-२ ले जितेको हो ।

दक्षिण अफ्रिकाले दिएको १८८ रनको लक्ष्य पछाएको न्यूजील्याण्डले २० ओभरमा ८ विकेट गुमाउदै १५४ रन बनाएको थियो ।

न्यूजील्याण्डका लागि बेभोन क्याकब्सले सर्बाधिक ३६ रन बनाएका थिए भने टिम रोबिनसनले २५ र जिम्मी निशामले २४ रन बनाएका थिए । त्यसैगरी दक्षिण अफ्रिकाका बलर गेराल्ड कोएटजी, विआन मुल्डर र ओटनेइल बार्टम्यानले २-२ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ४ विकेट गुमाउदै १८७ रन बनाएको थियो । दक्षिण अफ्रिकाका कोन्नोर इस्टरहुइजेनले सर्बाधिक ७५ रन बनाएका थिए भने रुबिन हेर्मनले ३९ रन बनाएका थिए ।

यस सिरिजमा दक्षिण अफ्रिकाले शुरुका दुई खेल जितेको थियो भने त्यसपछिका दुई खेल न्यूजील्याण्डले जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close