कोशी प्रदेशमाथि कर्णाली १६ रनले विजयी

पोखरा स्पोर्ट्स । जारी पीएम कप अन्तर्गत कर्णाली प्रदेशले कोशी प्रदेशलाई पराजित गरेको छ । बुधबार जनकपुरमा सम्पन्न खेलमा कर्णाली प्रदेशले कोशी प्रदेशलाई १६ रनले पराजित गरेको हो ।

कर्णाली प्रदेशले दिएको १५२ रनको लक्ष्य पछाएको कोशीले ४४.४ ओभरमा अल आउट हुदै १३५ रन मात्र बनाएको थियो । कोशीका लागि दिपेश कँडेलले सर्बाधिक २६ रन बनाएका थिए भने शिवाश बजगाईले २३, सुमन श्रेष्ठले २० तथा शकिब हक र अंकित सुबेदीले १७-१७ रन बनाएका थिए ।

त्यसैगरी कर्णालीका बलर दिनेश अधिकारीले ५ विकेट लिए भने दिवान पुन र प्रकाश जैशीले २-२ विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको कर्णालीले ३९.१ ओभरमा अल आउट हुदै १५१ रन बनाएको थियो । कर्णालीका लागि विपिन शाहीले सर्बाधिक ६३ रन बनाएका थिए भने विपिन रावलले ३२ रन बनाएका थिए ।

त्यस्तै कोशीका बलर प्रेम कामतले ४ तथा ज्ञानेन्द्र श्रेष्ठले ३ र सुजन थपालियाले २ विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close