ब्यायाम मन्दिरद्वारा विभिन्न ब्यक्तित्वहरु सम्मानित, अध्यक्षमा पुनः प्रधान

पोखरा स्पोर्टस । ब्यायामको लागि नेपालकै जेठो संस्था नेपाल ब्यायाम मन्दिरले २३ औं साधारण सभाका अवसरमा विभिन्न ब्यक्तित्वहरुलाई सम्मान गरेको छ । मन्दिरले वार्षिक साधारण सभाका अवसरमा विभिन्न ब्यक्तित्वहरुलाई सम्मान गर्ने क्रममा  शनिबार पत्रकार सहित विभिन्न ब्यक्तित्वहरुलाई सम्मान गरेको हो ।

उदय र रत्नलाललाई लाईभ टाईम एचिभमेन्ट अवार्ड
ब्यायाम मन्दिरको विकास र विकासमा संस्थाको विभिन्न ओहदामा बसेर विगत लामो समयदेखि कार्य गर्दै आईरहेका पूर्व अध्यक्ष उदय बहादुर श्रेष्ठ र सदस्य रत्नलाल मानन्धरलाई लाईभ टाईम एचिभमेन्ट अवार्ड बाट सम्मानित गरेको हो । उनीहरुलाई जनही नगद ५५ हजार ५ सदय ५५ का साथ प्रशंसा पत्र सहित सम्मानित भएका छन् ।

यस्तै सोही अवसरमा विगत चार बर्ष देखि सुरु गर्दै आएको खेलकुद पत्रकार सम्मान बाट रातो पाटीका रोशन सिंह राउत, गोरखापत्रका प्रजित शाक्य, कान्तिपुर टेलीभिजनका प्रदीप लेखी, मेरो फिटनेश प्राईम एएचडी टिभीका देवराज पराजुली, काष्टमण्डप टिभीका रोहित भट्ट र एबिसी टिभीका कवि राज बि.सी.लाई आफ्नो पत्रकारीताको माध्ययमबाट ब्यायाम मन्दिरको विभिन्न खेल गतिविधीका साथै मन्दिरद्वारा आयोजित मि.धर्मश्रीको प्रचार प्रसार गरेकोमा सम्मान गरिएको हो । सम्मानित पत्रकारहरुलाई प्रशंसापत्रका साथ नगद १० हजारले सम्मान गरेको हो ।

यस्तै मन्दिरले आफ्ना सदस्यहरुका छोरा छोरीहरुले विभिन्न क्षेत्रमा गरेको प्रगतीलाई मध्यनजर गर्दै सन्तती पुरस्कार बाट प्रजल बरिया र श्वेता शाहीलाई नगद १० हजार सहित प्रशंसा पत्रले सम्मान गरेको हो ।

सम्मानित ब्यक्तित्वहरुलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोईरालाले नगद र सम्मान पत्र प्रदान गरेका थिए ।

यस्तै अभिवक्ता कुमार राज भट्टराईलाई नगद २५ हजार सहित बिशेष सम्मान र समाज सेवी बिद्या सागर तुलाधरको तर्फबाट विगतमाझै ब्यायाम मन्दिरको विकासमा सहयोग पु-याउने सदस्यहरु कोषाध्यक्ष प्रशान्त सिंह र पूर्ण कुमार मानन्धर नगद २० हजार सम्मानित भएका छन् ।

यस्तै मन्दिरका उपाध्यक्ष नानी काजी डंगोललाई संचालक समितिको तर्फबाट दोसल्ला ओढाएर सम्मान गरिएको छ।

यस्तै नेपाल ब्यायाम मन्दिरको खेलाडीको रुपमा विभिन्न प्रतियोगितामा सहाभागिता जनाउनुका साथै पदक प्राप्त गर्न सफल ३७ जना खेलाडीहरुलाई पनि नगदद्वारा सम्मान गरिएको थियो ।

यस अघि साधारण सभाको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोईरालाले उद्घाटन गरेका थिए ।

नारायण प्रधान छैटौं पटकका लागि अध्यक्षमा सर्वसम्मत
२०१० सालमा स्थापित नेपालकोनै अग्रणी खेल संस्था नेपाल ब्यायाम मन्दिरको २३ औं साधारण सभाले नारायण प्रधानलाई छैटौं पटकका लागि पनि सर्बसम्मत अध्यक्षमा चयन गरेको छ ।

आजै भएको साधारण सभाले मन्दिरको बरिष्ठ उपाध्यक्षमा अजय बज्राचार्य, उपाध्यक्षमा नानी काजी डंगोल र अनिललाल श्रेष्ठ, महासचिवमा सूर्य प्रसाद जोशी, सचिवमा ईश्वर श्रेष्ठ, कोषाध्यक्षमा प्रशान्त सिंह र सहकोषाध्यक्षमा नरेश नेपालीलाई पनि सर्वसम्मत चयन गरेको हो ।

यस्तै साधारण सभाले सदस्यहरुमा इश्वर खड्गी, अर्जुन बर्णवाल र रेन बहादुर श्रेष्ठलाई पनि सर्वसम्मत चयन गरेको छ । मन्दिरको कार्य समितिमा वडा तथा स्थानियबाट २ जना र मनोनित २ सदस्य समेत गरि १५ सदस्यीय रहेको छ ।

आजै बसेको कार्यसमितिले लुना प्रधान र संजीत श्रेष्ठलाई मनोनित गरेको छ । यस अघि बसेको साधारण सभाको बन्द सत्रले अध्यक्ष, महासचिव र कोषाध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनलाई सर्ब सम्मत पास गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close