आइपीएल फ्रेन्चाइजी राजस्थान रोयल्सको स्वामित्व १.६३ अर्ब डलरमा बिक्री

पोखरा स्पोर्ट्स ।  इण्डियन प्रिमियर लिग (आईपीएल) २०२६ सुरु हुनुअघि नै राजस्थान रोयल्स टोली नयाँ मालिकको हातमा जाने सहमति भएको छ ।

अमेरिकी मूलका व्यवसायी काल सोमानीले करिब १.६३ अर्ब अमेरिकी डलरमा राजस्थान रोयल फ्रेन्चाइजी खरिद गर्ने सम्झौता गरेका हुन् । यो सम्झौता आईपीएल इतिहासकै सबैभन्दा महँगो मानिएको छ ।

यद्यपि, उक्त सम्झौता आईपीएल २०२६ पछि मात्र लागू हुने र यो सिजनमा भने टोली पुरानै मालिकको नियन्त्रणमै रहने बताइएको छ ।

यसअघि गत वर्ष गुजरात टाइटन्समा पनि स्वामित्व परिवर्तन भएको थियो, जसले फ्रेन्चाइज मूल्य उल्लेख्य रूपमा बढाएको थियो ।

सम्झौतापछि क्रिकेट विश्लेषकहरूले यसलाई आईपीएलका लागि ठूलो उपलब्धि भएको बताएका छन् । उच्च मूल्यमा टोली बिक्री हुनुले प्रतियोगिताको लोकप्रियता र व्यापारिक सम्भावना झन् बढेको संकेत गरेको छ । 

काल सोमानीले विगतमा प्रविधि र खेल क्षेत्रमा लगानी गर्दै आएका छन् । उनी विभिन्न खेलसम्बन्धी परियोजनामा संलग्न रहँदै आएका छन्।

यसैबीच, अर्को चर्चित टोली रोयल च्यालेन्जर्स बेंगलुरु पनि बिक्रीको तयारीमा रहेको चर्चा छ । उक्त टोलीको मूल्य २ अर्ब अमेरिकी डलरभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close