पीएम कपमा गण्डकीमाथि बागमतीको फराकिलो जित

पोखरा स्पोर्ट्स ।  पीएम कप अन्तर्गत बागमती प्रदेशले गण्डकी प्रदेशलाई फराकिलो रन अन्तरले पराजित गरेको छ ।

मंगलबार सम्पन्न खेलमा बागमती प्रदेशले गण्डकीलाई १७० रन अन्तरले पराजित गरेको हो ।

बागमतीले दिएको २९५ रनको लक्ष्य पछाएको गण्डकी प्रदेशले ३१.५ ओभरमा अल आउट हुदै १२४ रन मात्र बनाएको थियो । गण्डकीका लागि अर्जुन कुमालले ७४ रन र सुबाश भण्डारीले २९ रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन ।

त्यस्तै बागमतीका बलर रिजन ढकालले ३ विकेट लिए भने सन्दीप लामिछाने र इशान पाण्डेले २-२ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको बागमती प्रदेशले इशान पाण्डेको ७१, आशुतोष घिरोहियाको ५९ र सुभ कंसाकारको ४४ रनको मद्धतले ५० ओभरमा ८ विकेट गुमाउदै २९४ रन बनाएको थियो ।

अब बागमती प्रदेसले अर्को खेल विहिबार नेपाल पुलिस क्लबसँग खेल्ने छ भने गण्डकीले त्रिभुवन आर्मीसँग विहिबार नै खेल्ने तालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close