एन्फाले भ्रमपूर्ण हल्ला फैलाएको भन्दै राखेपको खण्डन

पोखरा स्पोर्ट्स । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले अखिल नेपाल फुटबल संघले भ्रमपूर्ण हल्ला फैलाएको भन्दै खण्डन गरेको छ ।

यहि चैत्र २१ गते आयोजना हुने नेपाल र हङकङ बीचको मैत्रीपूर्ण खेल राखेपले दशरथ रंगशालामा प्रतियोगिता सञ्चालनका लागि स्विकृती  नदिएको भन्दै स्थगित गरिएको सूचना बाहिएिसँगै राखेपले एक विज्ञप्ती मार्फत खण्डन गरेको हो ।

राखेपद्वारा जारी विज्ञप्तीमा भनिएको छ–“खेल स्थगित भएको भ्रमपूर्ण समाचार प्रकाशित भएका छन् । यसबारे राखेपको ध्यानाकषर्ण भएको छ । एन्फाद्वारा प्रकाशित/प्रसारित समाचारको राखेप खण्डन गर्दछ ।”

राखेपले चैत्र ५ गते नै प्रतियोगिता सञ्चालनका लागि अनुमती दिइसकेको जनाउँदै एन्फाले आफूले गर्नुपर्ने कार्य समयमा नगरी कमजोरी लुकाउन गरिएको प्रयास बन्द गर्न र एन्फाको भ्रमपूर्ण समाचार प्रति सचेत रहन जारी प्रेश विज्ञप्तीमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close